• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज देश भर तामाङ समुदायले सोनाम ल्होछर घर घरमा मनाईदै


  •    अभियान हाम्रो/ शनिबार, माघ २७, २०८०  

  • कास्की, २७ माघ

    आज देश भर तामाङ समुदायले सोनाम ल्होछर घर घरमा मनाईदै छ । मञ्जु श्री संवत २८६० औँ ढुक(मु पुख्रि) ल्हो को अवसरमा सोनाम ल्होछर भव्यताका साथ मनाईरहेको छ ।

    प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरि सोनाम ल्होछर मनाइन्छ । ल्होछरमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्गलाई बिदाइ र नयाँ वर्गलाई स्वागत गरि धार्मिक र सांस्कृतिक विधिअनुसार सोनाम ल्होछर मनाईने गर्दछ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ ओटा वर्गमा विभाजन गरिएको छ ।तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि ल्होछर मनाइँदै छ ।

    भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरि यो पर्व मनाउने प्रचलन रहेको छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङ जातिहरुले भव्यताका साथ सोनाम ल्होछर मनाउने गर्दछ ।

    वि.सं.२०४६ सालको जनआन्दोलन पछि आ-आफ्नो पर्व स्वतन्त्र रुपमा मनाउन पाईने कानुन बनेपछि तामाङ जातिहरुले सोनाम ल्होछर वि.सं. २०५१ साल देखि मनाउन सुरु गरेको पाईन्छ । चन्द्र पात्रोमा आधारित सोनाम ल्होछर यस वर्ष माघ को २७ गते परेको छ । यो ल्होछर तिथि मिति अनुसार मनाईने हुनाले कुनै बेला फागुन महिनामा समेत सोनाम ल्होछर पर्ने गरेको पाईन्छ । सोनाम ल्होछरको अवसर पारि विभिन्न तामाङ संघ संस्थाहरुले यो पर्वलाई बृहत रुपमा मनाउन थालेका छन् ।

    त्यसैगरी आज पोखरा महानगरपालिका वडा नं. १५ राम बजार लक्ष्मी टोलमा समाजसेवी हरिमान थिङको नेतृत्वमा सोनाम ल्होछर भव्यताका साथ सम्पन्न गरिएको छ । “वि.सं. २०६२ सालमा हरिमान थिङको नेतृत्वमा पहिलो पटक लेखनाथ भण्डारढीकमा सोनाम ल्होछर मनाईएको थियो । त्यसपछि उनि बसोबास स्थल राम बजारमानै लगातार ल्होछर पर्व मनाउने गरेको उहाँले बताउनु भयो ।” बिगत दुई दशक देखि आफ्नो परिवार हरुलाई भेला गराई सामुहिक रुपमा सेतो टिका र कोको म्हेंदो लगाएर ठुलाको हातबाट आशिर्वाद लिने र सानोलाई आशिर्वाद दिंदै सोनाम ल्होछर मनाउने गरेको बताउनु भयो । रामबजारको लक्ष्मी टोलमा ३/४ धुरी मात्रै तामाङ समुदाय रहेता पनि सोनाम ल्होछरको दिनमा टिका ग्रहण गर्नेको समूह निकै भिडभाड देखिन्थ्यो । उहाँले आँफु भन्दा सानोलाई सेतो टिका र कोको म्हेंदो लगाउनु भई आशिर्वाद दिनुभएका थिए भने आँफु भन्दा ठुलाका हातबाट टिका ग्रहण गरि आशिर्वाद लिनुभएका थिए ।

    तामाङ जाति भित्रका बुद्ध धर्मवलम्बिहरुले विशेष गरि सेतो टिका र कोको म्हेंदो ग्रहण गरि सोनाम ल्होछर मनाईने गर्दछ । सोनाम ल्होछरलाई स्थापित गर्नका लागि घर घरमा ठुलाको हातबाट आशिष लिएर हरेक वर्ष हर्सोउल्लासाका साथ सोनाम ल्होछर मनाईने गर्दछ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.