• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा आएर गोर्खा वारियर्स टीमले भन्यो,“इतिहास देखाउने सिनेमा निर्माण गरेका छौं”


  •    संवाददाता/ शनिबार, माघ २७, २०८०  

  • पोखरा

    पोखरा आएर गोर्खा वारियर्स टीमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैमा लाउरेहरुको शहर भएको उल्लेख गरे ।

    “पोखरामा आफैमा लाउरेहरुको शहर हो । यहाँ धेरै ब्रीटीस आर्मीमा काम गरेका वीर गोर्खालीहरु हुनुहुन्छ । गोर्खालीसँग पोखरा अनविज्ञ छैन ।”, उनले भने । नेपालीलाई चिनाउने तीन विषय सगरमाथा, गौतम बुद्ध र गोर्खाली भएको उनले बताए । करिब ३ वर्ष लगाएर सिनेमा निर्माण भएको उनको भनाई छ ।

    “नेपाली विदेशिन चाहदैनन् तर अहिले दिनप्रतिदिन देश खाली भइरहेको छ । यो सबै कसरी भयो । यस्ता विषयहरु समेत सिनेमा मार्फत सन्देशको रुपमा पाइनेछ ।”, उनले भने । हँसिया , वीरविक्रम, लिलिबिली, बबी जस्ता सिनेमा निर्माण गरिसकेका चाम्सको वारमा आधारित रहेर सिनेमा निर्माण गर्ने योजना पहिलेदेखिको नै हो । उसो त उनी आफै पनि रिटायर्ड ब्रीटीस आर्मी हुन् ।

    गोरखाज नेपालीको ब्राण्ड भएकाले अन्तर्राष्ट्रिय स्थरमा यसको प्रचारप्रसार गर्ने हेतुले सिनेमा निर्माण गरिएको भनाई उनको छ । गोर्खा वारियर्समा १९४९ वरिपरिको कथा समेटिएको छ । जतिबेला गोरखालीहरुले जंगल वार गरेका थिए ।

    नायिका रेविका गुरुङले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुशी लागेको बताइन् । सिनेमामा वारसँगै परिवारको कथा व्यथा पनि समेटिएको उनको भनाई छ । ७० वर्ष अगाडिको कथामा आफु जोडिन पाउँदा हर्षित छिन् । सिनेमाको छायाँकन सिन्दुली, सोलुखुम्बु र काठमाडौंमा गरिएको जानकारी उनले गराइन् ।

    नायक रितेश चाम्सले गोर्खालीहरुको २०९ वर्षको इतिहासमा सयौं कथाको एउटा कथा गोर्खा वारियर्स भएको उल्लेख गरे । सिनेमाबाट उनी आशावादी देखिन्छन् ।

    मिडिया सल्लाहकारको भूमिकामा रहेका डब्बु क्षेत्रीले चलचित्र पत्रकार संघको विस्तारले नेपाली सिनेमाको प्रवद्र्धनमा टेवा पुगेको बताए । उनले गोर्खा वारियर्स गोरखालीलाई चिनाउने कथा भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको भनाई उनको छ । सिनेमा युनिटले पोखरामा फागुन ७ गते प्रीमियर शो गर्ने योजना बनाएको छ ।
    चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआई प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाका निर्माता सुमन राई र सुस्मिता वाइवा हुन् । सिनेमामा रितेश र रेविका सँगै विजय लामा, कविता आले, रियर राई, बिरुप घले, सारा राई लगायतको अभिनय छ । सिनेमाको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन् ।

    चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.