• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रौतहटमा छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर नगरपालिका बाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ

"रौतहटमा छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर नगरपालिका बाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, माघ २६, २०८०  

  • रौतहटको मौलापुरमा छोरीको विवाह भन्दै नक्कली निम्तो कार्ड छपाएर एकजनाले नगरपालिका कार्यालयबाट आर्थिक सहयोग लिन खोजेको खुलेको छ ।

    मौलापुर नगरपालिका–९ सोनखियाका महिन्द्र राय यादवले छोरीको बिहे भन्दै नगरपालिकाबाट ३० हजार रुपैयाँ आर्थिक सहायता लिन खोजेका हुन् ।

    मेयर रीना साहका अनुसार महिन्द्रले बिहीबार (२५ माघ) छोरीको बिहे रहेको भन्दै निमन्त्रणा कार्ड छपाएका थिए । त्यही कार्डको आधारमा वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले उनलाई आर्थिक सहयोग गरिदिन सिफारिस गरेका थिए ।

    वडाध्यक्षको सिफारिसका आधारमा ३० हजार रुपैयाँको चेक लिएर मेयर साह बिहीबार महिन्द्रको घर पुगेकी थिइन् । तर, घरमा पुग्दा विवाहको कार्यक्रम नै नरहेको पाइएको उनले बताइन् ।

    ‘म आर्थिक सहयोगका लागि चेक लिएर ३ पटक उनको घर पुगेँ । घरमा बिहे नै छैन । उहाँको श्रीमतीलाई सोध्दा २–३ दिनअघि नै मन्दिरमा बिहे भइसक्यो भन्नुभयो’, मेयर साहले भनिन् ‘छिमेकसंग सोध्दा उहाँको घरमा बिहे छैन ।’

    दोस्रो कार्यकालसमेत निर्वाचित मेयर साहका अनुसार २०७४ सालदेखि नगरपालिका भित्रका विपन्न परिवारको छोरीको बिहेमा नगरपालिकाले वडा कार्यालयको सिफारिसमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गर्दै आएको छ । त्यसका लागि बिहेको कार्डसहित वडा कार्यालयबाट एक हप्ताअघि सिफारिस गराउनुपर्छ । त्यसै आधारमा नगरपालिका कार्यालयले रकम सहयोग गर्दै आएको छ ।

    वडा नं. ९ का वडाध्यक्ष श्यामकिशोर साहले वडामा विपन्न परिवारले विहे कार्ड लिएर सहयोगको लागि आएपछि सिफारिस गरिदिएको बताए । ‘म सबैको घरमा गएर बुझ्दिन नि । उहाँ कार्डसहित आउनुभयो । मैले सिफारिस गरिदिएँ’, वडाध्यक्ष साहले भने ।

    वडाध्यक्ष साहले मेयरले आफूसँग रिसइबी साँधेको बताए । उनले आफूले सिफारिस गरेको घरमा छोरीको विवाह भएको पनि बताए । ‘यादवले एक वर्षअघि छोरीको बिहे गर्नु भएको थियो । त्यति बेला उहाँले सहयोग पाउनुभएन । पटक पटक सहयोगको लागि भन्दै पनि आउनुभएको थियो ।’

    नक्कली बिहे कार्ड छपाएका महिन्द्रले भने आफूले छोरीको बिहे गत वैशाखमा गरेको र आर्थिक सहायता लिनका लागि पहिले दिएको निवेदनको फाइल हराएकाले नयाँ प्रक्रिया अघि बढाएको बताए ।

    ‘मेरो नियत गलत होइन । त्यतिबेला छोरीको बिहेमा सहयोग लिन खोजेपछि नगरपालिकामा फाइल हराइदियो । नगरपालिकाबाट धेरैले आर्थिक सहायता लिएका छन् । म गरिब मान्छे हुँ । मलाइ बदनाम गरियो’, उनले भने   अनलाइन खबर ले लेखेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.