• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गृह मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाए

"गृह मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाए "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, माघ २६, २०८०  

  • गृह मन्त्रालयले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ। गृह मन्त्रालय मातहत मालपोत कार्यालय, डिल्लीबजारले बिहीबार च्याम्पियन फुटवेयर प्रालि (हाल चाँदवाग रेसिडेन्सी प्रालि) बाँसबारीको नाममा पत्र काटेको गृहमन्त्रालयले जानकारी दिएको छ।

    मालपोतले २१ दिनभित्र हाजिर हुन नआए कानुन बमोजिम हुने भन्दै पत्र काटेको हो। टोखा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्षको रोहवरमा चाँदवागका सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरका नाममा पत्र काटिएको छ। ‘च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको काठमाडौं नगर–३ सिट नं १०२०९४७–१६ क.।नं.५८ क्षे.फ।.०४६०७.२० ब।मी. ऐ.ऐ.नाममा दर्ता नगर–३ सिट नं ९४७.२१ कि.नं.१६ क्षे.फ. ००४८७.०० ब.मी. जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अद्यावधिक गरी ल्याउन २०८०,१०,२४ को आदेश बमोजिम त्यस प्रालिका नाममा यो पत्र लेख्ने कार्य भएको छ। पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ दिनभित्र आफैं वा वारेस मुकरर गरी कार्यालय समय भित्र उपस्थित हुनु होला अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ,’मालपोत अधिकृत बोगराज शर्मा कट्टेलले जारी गरेको पत्रमा भनिएको छ। बाँसबारी छाला जुत्ता कारखाना को १० रोपनी जग्गा हडपेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

    सिआइबीले तीन महिनाभन्दा बढी समय अनुसन्धान गरेर उक्त सरकारी जग्गा निजीकरण गरेको फेला पारेको भन्दै तीन जनालाई पक्राउ गरेको थियो। बाँसबारी छाला जुत्ता कारखानालाई प्राप्त भएको जग्गामध्ये १० रोपनी जग्‍गा लिएर त्यहाँ सिजी चाँदवाग रेजिडेन्सी बनाइएको थियो। त्यसबारे सिआइबीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो। जसक्रममा उनीहरूले १० रोपनी मात्रै नभएर त्यहाँ रहेको १८ रोपनी जग्गा नै हडप्न खोजेको सिआइबीले बताएको थियो। पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतले सुरूमा चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो। दोस्रो पटक अर्थात् गत सोमबार म्याद थपका लागि अदालतमा पेस गर्दा न्यायाधीश यज्ञप्रसाद आचार्यले दुई दिनमा अनुसन्धान सके पेस गर्नु, नसके हाजिर जमानीमा छाड्न आदेश दिएका थिए। आदेशअनुसार बुधबार उनीहरू सिआइबी हिरासतबाट मुक्त भएका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.