• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ

" ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ  "

  •    अभियान हाम्रो डट कम / बिहिबार, माघ २५, २०८०  

  • ५ करोड रुपैयाँ फिरौती माग्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

    पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र पर्वतकै कुश्मा नगरपालिका–१४ आर्थरका दीपकबहादुर क्षेत्रीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

    बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटनाबारे सार्वजनिक गरेको छ ।

    सच्चाई केन्द्रका अध्यक्ष प्रकाशदीप गैरेलाई टेलिफोन र म्यासेजमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए ।

    ‘प्रकाशदीप गैरेको सम्बन्धमा युटयुबमार्फत भिडियो हेर्ने गरेको पाइयो ।

    सच्चाईको पैसा दिन सक्ने व्यक्ति अनुमान लगाएर माघ १३ गते सच्चाइ केन्द्रमै पुगेर १÷२ घण्टा बसेर प्रकाशदीप गैरेको नम्बर लिएर आएको भेटियो’, प्रारम्भिक वयानबारे एसपी थापाले उल्लेख गरे ।

    एसपी थापाका अनुसार माघ १८ गते गैरेलाई ५ करोड फिरौति माग्दै फोन र म्यासेज गरेका थिए ।

    ‘५ करोड रुपैयाँ परिवारको सुरक्षाका लागि तयार गर्नुहोला । कहाँ कसरी दिनेबारे हामी पछि भन्नेछौं’, भारतीय फिल्मको शैलीमा धम्काउदै फोन म्यासेजमा भने थिए ।

    फोनमा फिरौती माग्दै धम्काएका दर्जी र क्षेत्री पर्सिपल्ट धम्कीको साइडइफेक्ट बुझ्न लामाचौरमा रहेको सच्चाइ केन्द्रमै पुगे ।

    फेरि माग २३ गते पनि सच्चाइ केन्द्र पुगेर आधा घण्टा विताए । बुधबार भने दुवै जना प्रहरीको फन्दामा परेका छन् ।

    यी दुवैले १ महिना अगाडि मात्रै कास्कीको पोखरा महानगरपालिका–८ सीमलचौरमा डेरा लिएर बस्न थालेका थिए । डेराबाटै प्रहरीले पक्राउ गरेको हो ।

    लक्ष्मण ४ वर्ष कतार बसेर नेपाल फर्किएका हुन् । उनी नेपाल फर्किएको १ महिनामात्रै भएको छ ।

    प्रहरीलाई दिएको प्रारम्भिक वयान अनुसार विदेशबाटै योजना बुनेको अनुमान गरिएको छ ।

    उसो त दीपकबहादुर क्षेत्री गतवर्षमात्रै जिल्ला प्रहरी कार्यालय पर्वतमा हातहतियार तथा खरखजना सम्बन्धि मुद्वा चलेका व्यक्ति हुन् ।

    दीपकबहादुर विरुद्ध २०७१ सालमा कास्कीको वडा प्रहरी कार्यालय बैदामबाट अभद्र व्यवहारमा मुद्वा चलेको प्रहरीको अभिलेखले बताउँछ ।

    प्रक्राउ परेका दर्जी र क्षेत्रीको साथबाट किताबदेखि बन्दुकमा लाग्ने केपसम्म फेला परेको छ ।

    इजोरिया, चिना हराएको मान्छेसहित ३ थान पुस्तक बरामद भएको हो ।

    यस्तै, २ थान मोबाइल सेट, १ भारतीयसहित ५ थान सिमकार्ड, खुकुरी १ थान, लागुऔषध गाँजा ५७५ ग्राम, भरुवा बन्दुकमा लाग्ने केप २७ थान, मुगा १४ थान, कालोटर्च २ थान बरामद भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.