• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दाङको तुलसीपुरमा १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ

" दाङको तुलसीपुरमा १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ  "

  •    अभियान हाम्रो डट कम / बुधबार, माघ २४, २०८०  

  • करिब १६ वर्षकी एक किशोरीको पेटमा ६ महिनाको गर्भ भएपछि उनी लामो समयदेखि बलात्कारमा पर्दै आएको घटना सार्वजनिक भएको छ । किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले उनका साथी एक किशोर र एक युवकलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१२ हरिपौराका २१ वर्षीय अशोक चौधरी र अर्का करिब १७ वर्षका किशोर छन् । प्रहरीका अनुसार किशोरी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत थिइन् । उनी स्कुलको होस्टेलमा बसेर पढ्थिन् । पक्राउ पर्ने किशोर पनि किशोरी पढ्ने स्कुलकै विद्यार्थी भएको प्रहरीले जनाएको छ ।

    ‘प्रारम्भिक अनुसन्धानले किशोरी गएको असारदेखि नै बलात्कारमा परेको खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले  भने, ‘किशोरीले आफ्ना साथी (पक्राउ परेका किशोर)सँगको सम्बन्धबाट आफू गर्भवती भएको बयान दिएकी छन् । अनुसन्धानका क्रममा हामीले चौधरीलाई पनि पक्राउ गरेका हौँ ।’

    प्रहरीका अनुसार किशोरी गएको एक साताअघि करिब चार दिन परिवारको सम्पर्कमा थिइनन् । होस्टल छाडेर हिँडेकी उनी परिवारको सम्पर्कमा पनि नरहेपछि खोजीको लागि भन्दै किशोरीकी आमाले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी गरेकी थिइन् ।

    ‘चार दिनपछि उनी आफैँ परिवारको सम्पर्कमा पुगेकी रहिछन्। अभिभावकले कहाँ गएकी थिइस् भनेर खोजी गर्ने क्रममा उनले आफू अप्ठ्यारो अवस्थामा रहेको जानकारी गराएपछि अभिभावक बलात्कारको किटानी जाहेरी लिएर प्रहरी कार्यालयमा आएका हुन्,’ डीएसपी मल्लले भने, ‘हामी घटनाको अनुसन्धानको क्रममा छौँ ।’

    उनले स्वास्थ्य परीक्षणको क्रममा किशोरीको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको बताए। ‘किशोरीकी आमाले जाहेरी दिनु भएको छ। सोही जाहेरीको आधारमा हामीले आरोपीलाई पक्राउ गरेका हौँ,’ उनले भने ।

    पक्राउ परेका दुवै किशोरले किशोरी आफ्नी प्रेमिका भएको दाबी गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.