• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला

"दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला "

  •    अभियान हाम्रो डट कम / बुधबार, माघ २४, २०८०  

  • बागलुङ । मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ ।

    बागलुङ । मालपोत कार्यालय बुर्तिबाङका प्रमुख शोभाकान्त पौडेल कार्यालय समयमा मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको छ । दुई दिनदेखि कार्यालयमा उपस्थित नभएका पौडेल सरकारी निवासमै मदिराले मातिएको अवस्थामा फेला पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।

    निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । २ दिन देखि नै हाकिम साहेब अफिस झर्नुभएको छैन कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो ।

    तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु भएका रत्नबहादुर बुढाथोकीले एकैछिनमा हुने कामलाई हामिकले दुई दिन लगाई दिएको बताउनुभयो । हजारौँ रुपैयाँ खर्च गरेर गाउँबाट आएको सुनाउँदै आइतबारनै सकिने काम सोमबारसम्म नगर्दिदा खर्च बढेको गुनासो पोख्नुभयो ।

    उहाँले भन्नुभयो – “हाकिम आएर काम सकिला भनेर हिँजो (आइतबार) दिनभरी कु¥यौँ, आउनु भएन आज पनि अबेरसम्म आउनु भएन, पछि त रक्सी खाएर सुत्नु भएको रैछ, यस्ता कर्मचारीले गर्दा हामी जस्ता सोझा जनताले दुःख पाउनु परेको छ, कुर्दा कुर्दा दुई दिन यतिकै बित्यो ।” उल्तै कार्यालय प्रमुखले म धेरै दिन बस्दिन यहाँ तिमिहरुले मिडियामा रिपोर्ट गरेर केही हुदैन भन्ने धम्किपुर्ण भाषा प्रयोग गरेका छन ।

    जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यालय समयमा मदिरा सेवा गरि सेवाग्राहीको काम गर्ने पौडेललाई कानुनी कारबाही गर्ने बताउनुभयो । मदिराले मातिएका मालपोत अधिकृत पौडेललाई नियन्त्रणमा लिन प्रहरीलाई पत्र पठाएको सहायक प्रजिअ बरालको भनाइ छ ।

    पर्नु भएको हो । सोमबार कार्यालय भएकै घरमा बस्दै आउनु भएका पौडेल कार्यालयमा नआएपछि सेवाग्राही निवासमै पुग्दा मदिराले लठ्ठिएको अवस्थामा सेवाग्राहीले फेला पारेका हुन् ।

    निसीखोला गाउँपालिका– १ देविस्थाबाट सेवा लिन आउनु भएका धिरेन्द्र मल्लले आफ्नो सबै काम आइतबारनै सकिएको तर प्रमुख पौडेलको हस्ताक्षर नहुँदा सोमबारसम्म कुर्नु परेको बताउनुभयो । २ दिन देखि नै हाकिम साहेब अफिस झर्नुभएको छैन कार्यालयमा आएर कुर्दा पनि पौडेल नआएपछि धेरै सेवाग्राहीले सास्ती खेप्नु परेको उहाँले सुनाउनुभयो ।

    तमानखोला गाउँपालिका–३ तमान गाउँबाट सेवा लिन आउनु भएका रत्नबहादुर बुढाथोकीले एकैछिनमा हुने कामलाई हामिकले दुई दिन लगाई दिएको बताउनुभयो । हजारौँ रुपैयाँ खर्च गरेर गाउँबाट आएको सुनाउँदै आइतबारनै सकिने काम सोमबारसम्म नगर्दिदा खर्च बढेको गुनासो पोख्नुभयो ।

    उहाँले भन्नुभयो – “हाकिम आएर काम सकिला भनेर हिँजो (आइतबार) दिनभरी कु¥यौँ, आउनु भएन आज पनि अबेरसम्म आउनु भएन, पछि त रक्सी खाएर सुत्नु भएको रैछ, यस्ता कर्मचारीले गर्दा हामी जस्ता सोझा जनताले दुःख पाउनु परेको छ, कुर्दा कुर्दा दुई दिन यतिकै बित्यो ।” उल्तै कार्यालय प्रमुखले म धेरै दिन बस्दिन यहाँ तिमिहरुले मिडियामा रिपोर्ट गरेर केही हुदैन भन्ने धम्किपुर्ण भाषा प्रयोग गरेका छन ।

    जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले कार्यालय समयमा मदिरा सेवा गरि सेवाग्राहीको काम गर्ने पौडेललाई कानुनी कारबाही गर्ने बताउनुभयो । मदिराले मातिएका मालपोत अधिकृत पौडेललाई नियन्त्रणमा लिन प्रहरीलाई पत्र पठाएको सहायक प्रजिअ बरालको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.