अल्चना श्रेष्ठ पोखरा
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल नेशनल प्याब्सन पर्साको निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री माननिय देवेन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यमा आज होटल भिष्वामा सम्पन्न भएको छ।
सो कार्यक्रममा बिभिन्न समस्याहरुबारे मन्त्रीज्यूलाइ ध्यानाकर्षण पत्र समेत बुझाएको छ।यस कार्यक्रममा वीरगन्ज महा नगरपालिका प्रमुख विजय सरावगि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख श्री फत बहादुर श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण, नेपाल शिक्षक महासंघ अध्यक्ष तिर्थ राज यादव, अभिभावक संघ अध्यक्ष अमर गौतम, प्याब्सन पर्सा अध्यक्ष हरि शँकर साह लगायत विभिन्न सँघ सँस्थाका प्रमुख र पत्रकार ज्यू हरु उपस्थित थियो ।
तस्बिर झलक हरु
राजेन्द्र पटेल को वाल बाट साभार