• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
सोमबार, कार्तिक २५, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चिसो अत्यधिक बढेपछि हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै


  •    संवाददाता/ शुक्रबार, माघ १९, २०८०  

  • चिसो अत्यधिक बढेपछि हुप्सेकोटका पहिरो पीडितको दैनिकी कष्टकर बन्दै गएको छ ।

    हुप्सेकोट गाउँपालिका– ५ को वागखोरमा बसोबास गर्दै आएका १८ घरपरिवार २०७८ असार २४ गते गएको पहिरोबाट विस्थापित बनेका थिए । अविरल वर्षासँगै गाउँनै पहिरोको चपेटामा परेपछि सुरक्षाकर्मीको सहयोगमा उद्धारपछि गाउँपालिकाको वडा नम्बर– १ जुकेपानीमा रहेको अस्थाई टहरामा पहिरो पीडितलाई राखिएको थियो ।

    पहिरोबाट पीडित भएकाहरूका लागि एक÷एक ओटा कोठा सहित अस्थाई टहरो निर्माण गरिएको थियो । टहरोसँगै अस्थाई टेन्टहरू पनि गाडिएका छन् । परिवार ठूलो हुनेहरू टहरोमा नअटेपछि टेन्टमा सुत्नुपर्ने बाध्यता रहेको छ ‘कोठा धेरै छैन जहान धेरै हुनेहरू कोठामा अट्दैनन्, टेन्टमा सुत्छन’ पीडित खगीसरा रानाले भन्नुभयो – ‘चिसो बेस्सरी बढेको छ तर के गर्ने जसोतसो गुजारा गरेका छौँ ।’  यहाँ रहेकाहरूमा एकै घरका दश जना सम्म परिवार छन् । जसो तसो टहरो र टेन्टमा गुजारा चलाएर बस्नुपर्ने बाध्यता उनीहरुको छ ।

    अस्थाई टहरो साँघुरो हुँदा बासकै अप्ठ्यारो भएको दिलमाया सोमैले बताउनुभयो । जाडो मौसममा चिसोले कठ्याँङ्ग्रिएर बस्नुपर्ने अवस्था आएको उहाँले गुनासो गर्नुभयो । वृद्ध र बच्चालाई चिसोबाट जोगाउन निकै समस्या परेको उहाँले गुनासो गर्नुभयो । आफ्नो दुइ वर्षको बच्चा पनि चिसोले बिरामी परेर सास्ती पाएको उहाँले बताउनुभयो ।

    पहिरोका कारण घरबारविहीन भई टहरामा कष्टकर जीवन गुजारिरहेका पीडित जाडो बढेपछि थप कष्ट बेहोर्न बाध्य भएका छन् । चिसो बढ्दै गएकाले अब कसरी दिन कटाउने भन्ने समस्यामा उनीहरु छन् ।

    पहिरोबाट विस्थापित भएर अस्थाई टेन्ट र टहरोमा साढे दुई वर्ष बितिसक्दा पनि सरकारले स्थायी आवासका लागि केही गर्न नसकेको उनीहरूको गुनासो छ ।

    ‘गएको साउनमा दुई वर्ष नाघ्यो, यही शिविरमा तीनवटा पुसको जाडो काट्यौं’ देउसिंह सोमैले भन्नुभयो –‘उता फर्केर जाने जस्तो छैन, अस्थाई टहरामा कतिञ्जेल रहने टुङ्गो छैन , भएको घरखेत छोडेर आउनुपर्दा मेला मजदुरी गरेर जीवन निर्वाह गर्नुपरेको छ, प्रशस्त न्यानो कपडा किन्न पनि सकिन्न । सुरु सुरुमा केही सङ्घसंस्थाहरूले सहयोग गरेका थिए , अहिले त सहयोग पनि भएको छैन् । ’

    पहिरोबाट विस्थापितहरू व्यवस्थापनका लागि गाउँपालिकाले पहल गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । उद्धारसँगै अस्थाई शिविरको लागि गाउँपालिकाले व्यवस्थापन गरेपनि थप व्यवस्थापन गर्न प्रदेश र संघ सरकारसँग आफूले समन्वय गरिरहेको उहाँले बताउनुभयो । स्थाई रुपमा जग्गा दिएर अर्को ठाउँमा व्यवस्थापन गर्ने विषयमा कतिपय कानूनी प्रक्रिया पु¥याउन आवश्यक रहेकाले त्यसको लागि समन्वय भइरहेको उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
    ताजा अपडेट
    • गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा राजनीति
    • गण्डकी प्रदेश सरकार ‘Gen Z’ को भावना बुझ्न असफल — दलभन्दा माथि उठ्ने नेतृत्वको अभाव
    • प्रदेश संयोजक र केन्द्रीय संयोजकबीच हरेक आइतबार अनिवार्य बैठक बस्ने निर्णय
    • आर्वा स्थित श्री अमरज्योति आधारभुत विद्यालय, अमलाचौरमा स्वर्ण जयन्तीको अवसर पारेर महायज्ञ गरिने
    • पुष्पलाल र प्रचण्ड : नेपाली कम्युनिष्ट आन्दोलनका युग पुरुष

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.