• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

भूतपूर्व गोर्खाका सन्तान बेलायत लगिदिने प्रक्रियामा करोडौं ठगीगर्ने लण्डनका ठग सूर्य नेम्वाङ काठमाडौंमा समातिए

"भूतपूर्व गोर्खाका सन्तान बेलायत लगिदिने प्रक्रियामा करोडौं ठगीगर्ने लण्डनका ठग सूर्य नेम्वाङ काठमाडौंमा समातिए "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, माघ १९, २०८०  

  • भूतपूर्व गोर्खाका सन्तान बेलायत लगिदिने प्रक्रियामा करोडौं ठगी गरेको आरोप लागेका भूतपूर्व गोर्खा सैनिक सूर्य नेम्वाङलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।  उनी बेलायतको राजधानी लण्डन बस्दै आएका थिए ।

    मिडिया र सामाजिक सञ्जालमा कैयौं पटक उनका कुकृत्य र ठगी धन्दाबारे समाचार आएपनि उनले त्यसलाई वेवास्ता गर्दै आफ्नो ठगी कार्यको दायरा झन् फराकिलो बनाउँदै लगेका थिए ।नेम्वाङले बेलायतको आवासीय भिसा मिलाइदिने प्रलोभन देखाउँदै एउटै परिवारबाट झण्डै ५० लाख रुपैयाँसम्म असुलेको पाइएको छ ।

    नेम्वाङले सोलिसिटर र कोर्ट फिबाहेक पाँच हजार पाउण्ड (आठ लाख रुपैयाँ) न्यूनतम रकम लिने गरेको पीडितले बताएका छन् । आफूले भनेबमोजिम रकम नदिए मुद्दा बिग्रन सक्ने त्रास देखाएपछि सोझासाझा गोर्खा बूढाबूढी जति पनि रकम दिन बाध्य भएका हुन् ।

    लण्डनको एउटा पाकिस्तानी ल फर्म बोण्ड आडम्स् सोलिसिटर्सको ’लिगल कन्सल्टेन्ट हुँ’ भन्दै उनले शुरुमा क्लाइन्टका सबै कागजात, राहदानी, इमेल र बैंक कार्ड जफत गर्थे । केस टुंगो लागिसकेपछि पनि ब्यारिस्टर र अदालतमा मिलाउनुपर्छ भन्दै रकम बार्गेनिङ गर्ने गरेको एक पीडितले बताए । अदालतले केस जिताएपछि होम अफिसले आवेदकको पासपोर्ट माग्दा दुई हजार पाउण्ड माग्ने गरेको बताउँदै उनले अतिरिक्त पैसा असुल्ने गरेका थिए । तर, त्यो नाममा होम अफिसले एक कौडी पनि लिने गरेको छैन ।

    बेलायतमा कोर्स नगरि आफूलाई लिगल कन्सल्टेन्ट बताउनु गैर कानूनी अपराध हो । तर नेम्वाङले पाकिस्तानीसँग मिलेर ठगी कर्मलाई तीव्रता दिइरहेका थिए । बूढाबूढीको घर घर पुगेर पैसा बटुल्न उनकी श्रीमती सक्रिय हुने गरेकोे पीडितको गुनासो छ ।

    नेपालीहरु धेरै बस्ने अल्डरसटमा नेम्वाङ लिमिटेड यूके कम्पनी खोलेका नेम्वाङले नेपालमा समेत गैर कानूनी रुपमा कम्पनी खोलेका छन् । उनी नेपालमा गार्डियन एडभाइजर र बेलायतमा नेम्वाङ लिमिटेड यूके कम्पनी खोलेर ठग्न उद्यत थिए ।

    नेपालमा उनको ठगीविरुद्ध कसैले केही आवाज उठाए गुण्डा अगाडि सारेर हात खुट्टा भाँचिदिने धम्की दिने गरेको पीडितहरु बताउँछन् । उनी आफूलाई बेलायतको काँग्रेसी नेता भन्दै मानिसलाई प्रभावमा पार्न खोज्छन् । ठगी गरेर कमाएको पैसाले उनले फिदिममा लिफ्ट् र स्वीमिङ पुलसहितको आलिसान महल बनाएका छन् । लण्डनमा महंगा कार फेरेर चढ्ने गरेको उनलाई चिन्नेहरु बताउँछन् ।

    साभार जन आस्था

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.