• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राहीलाई समस्या


  •    संवाददाता/ बिहिबार, माघ १८, २०८०  

  • खनियाबास गाउँपालिका-५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सुत्केरी, ल्याव, बिरामी जाँच गर्ने सेवाग्राहीलाई समस्या भएको छ । ठेकेदार कम्पनीले स्वास्थ्य चौकी भवन निर्माण नगरेका कारण धादिङका चार ओटा स्वास्थ्य चौकीको सेवा प्रवाहमा समस्या भएको हो ।

    गत वर्ष निर्माण सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तान्तर गर्नु पर्ने भवन निर्माण सम्पन्न नगरेका कारण सेवा सञ्चालन गर्न नपाएर स्वास्थ्य सेवा प्रभावित भएको भोक्टेनी स्वास्थ्य चौकीका इन्चार्ज जीवन लामा तामाङले जानकारी दिनुभयो । दैनिक ३० जनाभन्दा बढी बिरामी सेवा लिन आउने भोक्टेनी स्वास्थ्य चौकीमा सुत्केरी भएपछि राख्ने ठाउँ छैन । सुत्केरी गराउने स्थान अभाव भएर एउटा बेड राखेर मापदण्ड पुरा गर्न समेत सकेको छैन । सरकारले घोषणा गरेको शुन्य घर सुत्केरी (Zero Home Delivery) कार्यक्रम समेत प्रभावित भएको महिला स्वास्थ्य स्वयंसेविका एसोदा रिजालले बताउनु भयो ।

    २४ सै घण्टा सुत्केरी गराउने कर्मचारी व्यवस्था गरेर राखिएको भए पनि भवन अभावले स्वास्थ्य चौकीले सुत्केरी गराएपछि घर पठाउनु पर्ने बाध्यता आउने गरेको स्वास्थ्य चौकी इन्चार्ज लामा तामाङले जानकारी दिनुभयो । रबिना अबिश विकन जेभी नामको ठेकेदार कम्पनीले भोक्टेनी सहित मूलपानी, गुम्दी, कटुन्जे स्वास्थ्य चौकी निर्माण गर्नका लागि ०७७ फागुन २० गते सम्झौता गरी ०७९ असार ३ गते निर्माण सम्पन्न गर्ने जिम्मा लिएको थियो । भवन अभावमा स्वास्थ्य सेवा नै प्रभावित भए पनि ठेकेदारले काम पुरा नगरेका कारण जनताको लागि आधारभुत स्वास्थ्य सेवा दिन नसकिएको मूलपानी स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कमल थापाले बताउनु भयो ।

    सङ्घीय सरकारको जिल्ला स्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले रेखदेख गर्ने गरी ठेक्कामा काम भएको स्वास्थ्य संस्थाको काम ठेकेदार कम्पनीले तोकिएको समयमा पुरा गरेको छैन । चार स्वास्थ्य चौकीको काम कुनै पनि सम्पन्न नगरेको अवस्थामा रहेको र ठेकेदार कम्पनीलाई काम सम्पन्न गर्नका लागि मन्त्रालयले ०८१ असोज ७ गतेसम्म काम गर्ने समय थपिदिएको सघन शहरी तथा भवन निर्माण आयोजना धादिङका सूचना अधिकारी अजेय आचार्यले जानकारी दिनुभयो ।

    भोक्टेनी स्वास्थ्य चौकीको काम वित्तिय प्रगति ५० प्रतिशत र भौतिक प्रगति ६० प्रतिशत भएको बताइएको छ । एक वर्षअघि संरचना तयार गरी गारोको प्लास्टर गरेर छाडिएको ठाउँमा फिनिसिङको काम नभएकोले आफूले ताकेता गर्दा समेत वास्ता नगरेको वडा अध्यक्ष रबिन तामाङको भनाइ छ ।

    भोक्टेनी स्वास्थ्य चौको ठेकेदार कम्पनी रबिना अबिश विकन जेभीले ७३ लाख रुपियाँ भुक्तानी लगेको छ । चार ओटा स्वास्थ्य संस्था निर्माणको कामको ठेक्का पाएको रबिना अबिश विकन जेभीले गुम्दीमा जग्गाको विावादका कारण भर्खर काम सुरु गरेको छ भने अन्यत्र सहज भएको स्थानमा मूलपानी, कटुन्जे र भोक्टेनीमा समेत काम सकेको छैन । एक वर्षदेखि ठेकेदार कम्पनीका मानिसहरूले काम छाडेर सम्पर्क विहिन भएको स्थानीय स्वास्थ्य संस्था प्रमुखहरूको भनाई छ ।

    चार स्वास्थ्य चौकीको भ्याट बाहेक ७ करोड ६२ लाख ३५ हजार ८ सय ४१ रुपियाँ ८३ पैसामा ठेक्का लिएको रबिना अबिश विकन जेभीले हालसम्म २ करोड १५ लाख ९० हजार ७ सय ४६ रुपियाँ २७ पैसा कामको आधारमा सघन शहरी तथा भवन निर्माण आयोजना धादिङले भुक्तानी दिएको जनाएको छ ।

    नेपालको संविधान २०७२ को भाग ३ को धारा ३५ मा प्रत्येक नागरिकलाई स्वस्थ्य र स्वच्छ वातावरणमा बाँच्न पाउने हक र जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद २ को दफा ३ मा स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितता उल्लेख गरिएको छ । सोही दफाको उपदफा १ मा प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार किटान गरिएको छ । तर, खनियाबास गाउँपालिका-५ मा रहेको भोक्टेनी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य अलपत्र हुँदा सेवाग्राही स्वास्थ्य सेवा नलिई फर्कनु पर्ने अवस्था छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.