• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

याङ्चु गाउँका स्थानीयबासी एक महिनादेखि शुद्ध खानेपानीबाट बञ्चित


  •    संवाददाता/ बुधबार, माघ १७, २०८०  

  • खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चु गाउँका स्थानीयबासी एक महिनादेखि खानेपानीबाट बञ्चित भएका छन् । स्काभेटरले स्यालाबाडा गाउँ भन्दा माथिदेखि खर्पेल गाउँसम्मको सडक निर्माण गर्ने क्रममा खानेपानीको पाइप लाइन काटिएर लथालिङ्ग भएपछि गाउँबासी एक महिनादेखि शुद्ध खानेपानीबाट बञ्चित भएका हुन् ।

    सडक निर्माणका कारण याङचुको डाँडाबाडाका ३७ घरधुरी हाल कर्णाली नदीको दुषित पानी पिउन बाध्य भएको सोही ठाउँका स्थानीय बालकृष्ण शाहीले गुनासो गर्नुभयो । उहाँका अनुसार स्काभेटरले खाने पानीको पाइपलाइनलाई अधिकांश ठाउँमा पाइप काटेका कारण उक्त बस्तीका नागरिक डेढ घण्टा लगाएर कर्णाली नदीको पानी ल्याएर पिउन बाध्य भएका छन् ।

    कर्णाली नदीको पानी लिन जाँदा बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई कर्णाली नदीमा खस्ने डर हुनुका साथै उकालोमा पानी ल्याउँदा स्थानीय नागरिकलाई निकै कठिनाइ हुने गरेको अर्का स्थानीय सागर शाहीले गुनासो गर्नुभयो । उक्त क्षेत्रका स्थानीय नागरिकलाई सडक निर्माणले गरेको क्षतिका विषयमा स्थानीय सरकारले भने चासो नदिएको शाहीले गुनासो गर्नु भएको छ ।

    सो विषयमा खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीलाई बुझ्दा उहाँले सडक निर्माण गर्दा खानेपानीको लाइन काटिएको स्वीकार गर्दै यसलाई व्यवस्था गर्ने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.