३६ वर्षीया अपागङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका– १६, केराबारीका २३ वर्षीय अमृतबहादुर नेपालीलाई माघ १७ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ १६ गते इलाका प्रहरी कार्यालय, बर्दघाटमा उजुरी दिएका थिए ।
पीडितका अभिभावकका अनुसार जङ्गलमा बाख्रा चराउन गएको बेला घटना भएको हो ।
उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर भीमबहादुर कार्कीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण ०८० माघ १५ गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा गरिएको छ ।








