१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला, उर्लावारी नगरपालिका-८ का १९ वर्षीय आयुष धिमाललाई माघ १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले प्रलोभनमा पारी माघ १३ गते मेची नगरपालिका-१२ चारआलीस्थित एक होटलमा बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध माघ १४ गते इलाका प्रहरी कार्यालय, काड्डभिट्टामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ १४ गते घरबाटै गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ १४ गते गरिएको छ ।








