• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव अधिकारका सिफारिशहरु प्रभावकारी रुपमा कार्यान्वय हुनुपर्नेमा जोड


  •    संवाददाता/ आइतबार, माघ १४, २०८०  

  • मानव अधिकारका सिफारिशहरु प्रभावकारी रुपमा कार्यान्वय हुनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयले ०८० माघ १४ गते जनकपुरधाममा आयोजना गरेको विश्वव्यापी आवधिक समिक्षा, दिगो विकाश लक्ष्य, सन्धि जनित समितिका सिफारिशहरु र मानव अधिकार राष्ट्रिय कार्ययोजना लगायतका सिफारिशहरु कार्यान्वयन विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

    मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मानव अधिकारको विषय वस्तु वृहत हुने उल्लेख गर्दै यस क्षेत्रमा सबै संवेदनशील भएर कार्य गरेमात्र मानव अधिकारको रक्षा भएको अनुभुति गर्न सकिने बताउनु भयो । सामाजिक दायित्व निर्वाह गर्ने दायित्व हामीमा रहेको उहाँले उल्लेख गर्नु हुँदै यसप्रति सबै गम्भीर हुनुपर्नेमा जोड दिनु भयो ।

    सिमित बजेटले दिर्घकालिन योजनाहरु कार्यान्वयन नहुने हुँदा दिगो विकास लक्ष्यमा रहेका लक्ष्यहरु पुरा हुन नसक्ने उहाँले बताउनु भयो । मुलुकमा विधिको शासन आवश्यक रहेको सभामुख मण्डलको भनाई थियो ।

    मधेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले कार्यक्रमहरु प्रभाकारी कार्यान्वयनका लागि राजनीतिक प्रतिबद्धता, ऐन, कानुन, मापदण्डहरु तयार हुनुपर्ने, दातृ संस्थाहरुको आर्थिक सहयोग र सरोकारवाला निकायको सहभागिता आवश्यक रहेको बताउनु भयो ।

    दिगो विकास लक्ष्यका १७ लक्ष्यमध्ये १६ लक्ष्य आयोगसँग सम्बन्धित रहेको र सोही अनुसारको सूचक अनुसार लक्ष्य प्राप्तिका लागि काम भइरहेको उहाँले बताउनु भयो । स्थानीयकरण निर्देशिका समेत बनाइएको र ती उल्लेखित निर्देशिका कार्यान्वयनको चरणमा रहेको भएपनि स्थानीयकरण हुन नसकेको उहाँको भनाई थियो ।

    मधेश प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रले समाजमा विद्यमान सामाजिक कुप्रथा तथा महिलामाथि हुने हिंसाका घटना न्युनिकरण गर्ने कार्यका लागि प्रदेश सरकार लागि परेको बताउनु भयो ।

    जिल्ला समन्वय समितिका सभापति राजनारायण मण्डलले मधेश प्रदेशमा मानव अधिकारका सवाल गम्भीर रहेको तर समिति “विना पेनीको लोटा” रहेको उल्लेख गर्नु हुँदै अनुगमन बाहेक कुनै अधिकार नदिएका कारण नागरिकको मानव अधिकारका सवालमा प्रभावकारी रुपमा कार्य गर्न नसकेको बताउनु भयो । अनुगमनका सिफारिश कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएपनि कार्यान्वन नभई दराजमै ती सिफारिशहरु थन्काएर राख्ने गरिएको उहाँको गुनासो थियो ।

    जिल्ला प्रशासन कार्यालय धनुषाका, प्रमुख जिल्ला अधिकारी चक्र पाणी पाण्डेले समाजमा विद्यमान हानिकारक प्रथाहरुका कारण हिंसाका घटनाहरु बढेर गएको बताउनु भयो । विकासका अधिकारका सवालहरु पनि समस्याका रुपमा रहेकोले यस्ता सवालमा मानव अधिकारको दृष्टिकाेणले कोट्याउनु पर्नेमा उहाँले जोड दिनु भयो ।

    मधेश प्रदेश प्रहरी कार्यालयका एसपी श्याम कुमार महतोले मानव अधिकारका यथार्त सवालमा पैरवी गर्नु पर्नेमा उल्लेख गर्दै प्रहरीको काम शान्ति सुरक्षा गर्नु हो, समाजमा शान्ति सुरक्षा गर्ने कुरामा सबैको सहयोग आवश्यक रहेको बताउनु भयो । यदि प्रहरीले हिंसा गरेको खण्डमा त्यस्ता प्रहरीलाई कारबाहीको दायरामा ल्याउने कार्य समेत भइरहेको उहाँको भनाई थियो ।

    राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश कार्यालयका प्रमुख मञ्जु खतिवडाले सिफारिश प्रभावकारी कार्यान्वय अवस्थाका बारेमा प्रस्तुतीकरण गर्दै मानव अधिकारको प्रत्याभूति गर्ने जिम्मेवारी राज्यको भएको बताउनु भयो ।

    इन्सेक मधेश प्रदेश संयोजक राजु पासवानले विश्वव्यापी आवधिक समीक्षा, दिगो विकास लक्ष्य, सन्धी जनित समिति र राष्ट्रिय मानव अधिकार आयोगका सिफारिशहरुको कार्यान्वयनको अवस्था सन्तोषजनक नरहेको उल्लेख गर्नु हुँदै मानव अधिकारको प्रत्योभूति र पीडितले न्याय पाउनका लागि ती सिफारिशहरु सतप्रतिश राज्यले कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.