नेपाली बजारमा तीन दिनदेखि सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत बिहीबार प्रतितोला एक लाख अठार हजार रुपैयाँमा कारोबार भएको थियो भने छापावाला सुनको मूल्य शुक्रवार देखि आज आइतबारसम्म पनि सोही रकम कायम भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतियोला १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।








