• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

सल्यानमा विवाहित भएको थाहा पाएपछि दोश्रो श्रीमान् ले कुटीकुटी श्रीमतीको हत्या

"सल्यानमा विवाहित भएको थाहा पाएपछि दोश्रो श्रीमान् ले कुटीकुटी श्रीमतीको हत्या  "

  •    अभियान हाम्रो/ आइतबार, माघ १४, २०८०  

  • छत्रेश्वरी गाउँपालिका ५ का २३ वर्षीय मोहन पुनले झन्डै दुई महिनादेखि आफूसँगै बस्दै आएकी २८ वर्षीया सीमा कवरलाई विवाहित भएको थाहा पाएपछि हत्या गरेको खुलेको छ।विवाहित हुँदाहुँदै आफूसँग सम्बन्ध राखेको भन्ने थाहा पाएपछि उनले कुटीकुटी हत्या गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। झारफुक गराउन जान्छु भन्दै घरबाट निस्किएकी सीमा गत मंसिर १० गते यता मोहनसँग गुपचुप बस्दै आएकी थिइन्।उनको मोहनकै घरमा हत्या भएको थियो। घटनाको अनुसन्धान गरिरहेका इलाका प्रहरी कार्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक रेशम पौडेलका अनुसार उनका श्रीमान् कामको सिलसिलामा पोखरामा छन्।

     

    एक्लै रहेका बेला सीमाले पोखरामा रहेका श्रीमानलाई फोन गरेर आफू माइतीमा झारफुक र उपचार गराइरहेको बताउने गरेको प्रहरीको भनाइ छ।गत माघ ७ गते त्यसैगरी सीमाले फोन गरिरहँदा मोहनले उनी विवाहित रहेको थाहा पाए। मोहनले सोधीखोजी गर्ने क्रममा सीमाको श्रीमान् रहेको पत्ता लागेको अनुसन्धानबाट खुलेको छ। आवेशमा आएका मोहनले कुटीकुटी सीमाको हत्या गरेको प्रहरी बताउँछ।

    ‘माघ ७ गते बिहान १० बजेतिर पोखरामा रहेका सीमाका श्रीमानले उनलाई मोबाइलमा फोन गर्छन्। त्यतिबेला मोहन आफैंले फोन उठाउँछन्। त्यतिबेला सीमा विवाहित रहेको खुलेको हो,’ पौडेलले भने माघ ७ गते मोहन र सीमाका श्रीमानबीच फोनमै विवाद भएको र आवेशमा आएर सीमाको हत्या गरेको अनुसन्धानबाट देखिएको उनले बताए।

    मोहन र सीमा मात्रै घरमा बस्दै आएका थिए। मोहनका बुवा-आमा चार किलोमिटर जति टाढा बस्दै आएको पनि उनले बताए। ‘रिसले आगो भएका मोहनले मलाई किन ढाँटिस् भन्दै सुरूमा हातमा प्रहार गरेको देखिन्छ। त्यसपछि उनले घुँडामुनि प्रहार गरेका रहेछन्। अन्तिममा टाउकामा प्रहार गरेर हत्या गरेको खुल्न आउँछ,’ पौडेलले भने।

    सीमालाई अचेत बनाएपछि पनि उनले कुटपिट गरेको बयान दिएका छन्। ‘सीमा चल्न चटपटाउन छाडेपछि मोहनले मदिरा सेवन गरेर आएको र त्यसपछि घरभित्र लगेर पनि कुटपिट गरेको देखिन्छ,’ पौडेलले बताए।त्यसरी लगातारको कुटपिटबाट बेलुकी ५ बजेतिर सीमाको मृत्यु भएको बयान मोहनले प्रहरी समक्ष दिएको लुहामका प्रहरी निरीक्षक रेशम पौडेलले बताए। सीमाको हत्या गरिसकेपछि मोहनले गाउँमा पैसा सापटी मागेर भाग्ने तयारी गरेका थिए।

    सीमाको मृत्यु भइसकेको यकिन भइसकेपछि मोहन गाउँमा थप मदिरा सेवन गर्न गएको र फर्किएर घरको तल्लो कोठामै सुतेको प्रहरी निरीक्षक पौडेलले बताए। घरमा ताला लागेको र सुनसान देखेपछि स्थानीयले वडाध्यक्षलाई खबर गरेका थिए।वडाध्यक्षले प्रहरीलाई खबर गरेकोर घरको ताल्चा फुटाएर हेर्दा सीमालाई मृत अवस्थामा भेटिएकी थिइन्। हत्यापछि फरार रहेका मोहन घर नजिकैको जंगलमा लुकिरहेको अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

    प्रहरीका अनुसार सीमाले पहिले पनि अन्यत्र बिहे गरेको खुलेको छ। त्यो घरजम बिग्रिएपछि उनले अहिलेका श्रीमानसँग विवाह गरेकी थिइन्। मोहनको पनि विगतमा अन्य महिलासँग सम्बन्ध रहेको खुलेको प्रहरीको दाबी छ। घटनाबारे थप अनुसन्धान भइ रहेको प्रहरी अधिकारीहरू बताउँछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.