१४ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा हरिवन नगरपालिका–११ का ४२ वर्षीय रविन कार्कीलाई ०८० माघ ११ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्ता गरेको छ ।
हरिवन नगरपालिका वडा नं १० स्थित युरिका बाेर्डिङ स्कुलमा कार्यरत शिक्षक आरोपित कार्कीले पीडित बालिकालाई माघ ३ गते पीडितकै घरमा गइ बलात्कार प्रयास गरेको भन्दै माघ १० गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिवनमा उजुरी दिनु भयो ।
आरोपित कार्कीलाई माघ ११ गते गिरफ्तार गरी माघ १२ गते जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप गराई घटना बारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका इन्स्पेक्टर अनिलराज गिरीले जानकारी दिनु भयो ।
पीडितकाे स्वास्थ्य परीक्षण माघ १० गते सर्लाही जिल्ला अस्पताल मलंगवामा भएको छ ।








