• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडाध्यक्षको अगुवाइमा झापामा ‘ग्याङ फाइट

" वडाध्यक्षको अगुवाइमा झापामा 'ग्याङ फाइट "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, माघ १२, २०८०  

  • झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा सोमवार साँझ भएको ग्याङफाइटमा कनकाई नगरपालिका ४ का वडाध्यक्ष रोशन सुवेदीसमेत संलग्न भएको भन्दै उनीमाथि उजुरी परेको छ ।

    दुई समूहबीच भएको झडपमा परी घाइते भएकाहरूले कनकाई ४ का वडाध्यक्ष रोशन सुवेदीको अगुवाइमा रहेका युवाहरूले आफूमाथि आक्रमण गरेको बताएका छन् । झडपमा बिर्तामोड–५ का उमेश चौधरी र दीपक लिम्बू घाइते भएका छन् । सोमवार साँझ वनभोजमा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हानाहान भएको थियो ।बिर्तामोडबाट गएको वनभोज समूह र अर्को समूहका युवाहरूले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा झडप भएको प्रहरीले जनाएको छ ।चौधरीको बीएण्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ ।

    पीडितहरूले इलाका प्रहरी कार्यालय बिर्तामोडमा दिएको उजुरी अनुसार धारिलो हतियार साथमा बोकेर आएका वडाध्यक्ष सुवेदी, सोही वडा नं.३ बस्ने दलकुमार श्रेष्ठ, भवानी पाठक, मौसम पाण्डे, श्यामकुमार अधिकारी, वडा नं.२ बस्ने तीर्थबहादुर श्रेष्ठ, तुलाराम विश्वकर्मा, विमल श्रेष्ठ, पप्पु भन्ने धर्मेन्द्र दाहाल, भरत पाठक, मिलन मगरलगायत २०–२५ जनाको समूहले हुलहज्जत गरी हतियार खुकुरी निकाली सवारी चालक छबिराम सुबेदीलाई प्रहार गर्दा बसको अगाडी तथा साइडको सिसामा क्षति भएको र अन्धाधुन्ध खुकुरी, तरवारले प्रहार गर्दा आफूहरूको टाउकोमा चोट लागेको बताएका छन् ।

    घाइतेहरूले उजुरी दिए

    घाइतेहरूले उजुरी दिए पनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न सकेको छैन । उनीहरूले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.