• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

२०८० माघ ११ गते बिहीबार तपाइको आजको राशिफल!

"२०८० माघ ११ गते बिहीबार तपाइको आजको राशिफल! "

  •    अभियान हाम्रो डट कम / बिहिबार, माघ ११, २०८०  

  • मेष–नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहोर्याउँदा लाभ हुनेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्यलाभ भइरहनेछ ।

    वृष–रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला । तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ ।

    मिथुन–खर्च लागे पनि दिगो आयस्रोत जुताउन सकिनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । जिम्मेवारी भने बढिरहनेछन् । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला ।

    कर्कट–स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्।

     

    सिंह–अभिप्रेरणा जगाउनेहरू पनि प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यावसायिक आम्दानी बढ्नेछ। पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

    कन्या–बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । टाढाको यात्राको संभावना छ । अध्ययनमा समय दिन नसकिएला। लेनदेनको विवादले हानि पुर्याउन सक्छ। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि पेटको समस्याले सताउन सक्छ। अनावश्यक जमघटले काममा बाधा पुर्याउला।

    तुला–विस्तारै सोचेको काम बन्नेछ । नाम, दाम र इनाम कमाउने समय छ । रोगले पनि सताउने देखिन्छ । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ।

    वृश्चिक–भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । तापनि प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ । सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ । कृषिमा कामको चाप बढ्न सक्छ। चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।

    धनु–व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । केही समस्या निम्त्याए पनि इच्छाशक्ति एवं मेहनतले राम्रो फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ।

    मकर–नयाँ व्यवसाय सुरु गर्ने मौका छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ । विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।

    कुम्भ–मेहनतले धेरैको विश्वास जित्न सकिनेछ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहनेछ । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुख पाइनेछ।

    मीन–उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुनेछ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ

    हुनेछ। 

    –ज्याे. पं. तुलसी

    –ज्याे. पं. तुलसी भारद्वाज निरौला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.