• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण


  •    अभियान हाम्रो / मङ्गलबार, माघ ०९, २०८०  

  • अन्नपुर्ण गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिलाई घुम्ती शिविर मार्फत र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर परिचयपत्र वितरण गरेको छ ।

    अन्नपुर्ण गाउँपालिका–७ हिस्तानकी मतिसिरि पुनले ‘क’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त गर्नुभएको छ । अन्नपुर्ण गाउँपालिकाको टोली, बेनी अस्पतालका डाक्टर सहित पुगेर उहाँलाई आफ्नै घरमा पुगेर परिचयपत्र प्रदान गर्नुभएको हो । २०२५ सालमा जन्मनुभएकी मतिसिरिलाई वडा अध्यक्ष मइलन पुर्जाको आग्रह बमोजिम गाउँपालिकाको टोली र डाक्टरले आएर घरमै परिचयपत्र दिँदा निकै खुशी लागेको मतिसिरिका भिनाजु खकबिर पुर्जाले सुनाउनुभयो । उहाँले भन्नुभयो –‘मैले पहिला देखि भन्दै आएको थिएँ, वडा अध्यक्षले पनि पालिकामा भनेको छु भन्नुभएको थियो अहिले भने घरमै टोली ल्याएर परिचयपत्र हातमा हाल्दीनु भयो निकै खुशी छु ।’

    अपाङ्गता भएका नागरिकहरु गाउँमा भए पनि उहाँहरु परिचयपत्र लिन जान नसक्ने अवस्थाले गर्दा सेवाबाट समेत वञ्चित भएकोले नागरिकको सुविधाका लागि घरमै पुगेर परिचपयत्र हस्तान्तरण गरिएको अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलीजा पुनले जानकारी दिनुभयो ।अन्नपुर्ण गाउँपालिकाले शिविर मार्फत ५० जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको प्रमुख प्रशासकिय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । अपाङ्ता भएकाहरू परिचयपत्र लिनबाट वञ्चित भएको अवस्थामा वडास्तरमा पुगेर सेवा दिने र अशक्तहरुलाई उहाँहरुको घरमै पुगेर पनि परिचयपत्र हस्तान्तरण गर्ने कार्य गरिएको उहाँको भनाई छ ।

    गाउँपालिकाले वडामा पायक पर्ने स्थानबाट वितरण गर्ने भन्ने लक्ष्य भए पनि शिविर तोकेको स्थानमा पनि आउन नसक्ने खालका अपाङ्गहरुलाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको पुनले जानकारी दिनुभयो । उहाँले शिविरमा महिला २३ र पुरुष २७ जनालाई परिचयपत्र वितरण गरिएको बताउनुभयो । गाउँपालिकाको केन्द्र पोखरेबगर, हिस्तान र राम्चे गरी तीन ठाउँलाई केन्द्र मानेर शिविर शुरु गरिएको थियो । शिविरबाट पूर्ण अशक्त अपाङ्गता भएका ‘क’ वर्गका १२ जनालाई, अति अशक्त अपाङ्गता भएका ‘ख’ वर्गका २६ जना र मध्यम अपाङ्गता भएका ‘ग’ वर्गका १० जना र साधारण अपाङ्गता भएका ‘घ’ वर्गका एक जना गरी ५० जनालाई परिचयपत्र दिइएको उपाध्यक्ष पुनले जानकारी दिनुभयो । उहाँले ७ वर्षको बालकदेखि ६८ वर्षका जेष्ठ नागरिकलाई घरमै पुगेर परिचयपत्र प्रदान गरेको बताउनुभयो ।

    परिचयपत्र नहुँदा राज्यले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ताको सुविधा पाउन समेत समस्या भएको कारणले पनि गाउँघरमै पुगेर परिचयपत्र वितरण गरिएको थियो ।

    परिचयपत्र वितरण शिविरमा बेनी अस्पतालका डा. रोशन आचार्य, डा.करुणा कार्कीले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नुभएको थियो । गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूको उचित तरिकाले पहिचान गरी सरकारबाट पाउने सेवा सुविधा व्यवस्थापनमा कुनै कमी हुन नदिने गरी गाउँपालिकाले घुम्ती शिविर गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.