• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नविन टोल विकास संस्थाद्वारा गोरखाका पर्यटकीय गन्तव्यको प्रवद्र्धन


  •    अभियान हाम्रो / सोमबार, माघ ०८, २०८०  

  • पोखरा, माघ ।

    पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडामा कृयाशिल नविन टोल विकास संस्थाले गोरखाका पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरेको छ ।

    संस्थाको. वार्षिक कार्यक्रम अन्तर्गत प्रत्येक वर्ष विभिन्न पर्यटकीय गन्तव्यहरूमा पुगी त्यहाँको प्रवद्र्धन गर्ने गरिएकोमा यस वर्ष गोरखाका धार्मिक एवम् ऐतिहासिक गन्तव्यलाई समेटिएको संस्थाका अध्यक्ष पुष्पराज पौडेलले जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत धार्मिक एवम् ऐतिहासिक महत्वका गोरखा कालिका मन्दिर, गोरखा दरबार, गोरखनाथ मन्दिर आदिको दर्शन एवम् अवलोकनका साथै नेपाल एकिकरणको इतिहाससँग प्रत्यक्ष जोडिएको लिगलिगकोटको प्रवद्र्धनात्मक भ्रमण गरिएको उहाँले बताउनुभयो ।

    प्रवद्र्धनात्मक भ्रमणमा संस्थामा आवद्ध ६९ जनाको सहभागिता रहेको सचिव मोहनराज बरालले जानकारी दिनुुभयो ।
    यस किसिमका कार्यक्रमले आन्तरिक पर्यटनको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।
    नेपाल राज्यको एकिकरणको इतिहासमा गोरखा दरबार, लिगलिगकोट जस्ता स्थलहरूको विशिष्ट महत्व रहेको छ ।
    गोरखा दरबार पृथ्वीनारायण शाहको इतिहाससँग प्रत्यक्ष सम्बन्धित छ । नेपाल एकीकरणको सुुरुवातसँगै पृथ्वीनारायण शाहको जन्म भएको यो स्थानमा रहेको संग्रहालयमा दैनिक ठूलो संख्यामा पर्यटक आउने गरेका छन् । त्कालीन राजाहरूको राज्य सञ्चालनमा प्रयोग गरेका सामग्रीहरू देख्न पाइनु यहाँको विशिष्टता हो । शाहवंशीय राजा द्रव्य शाह हुँदै पृथ्वीनारायणसम्मका महत्वपूर्ण वस्तुहरू संग्रहालयमा राखिएको छ । गुरु गोरखनाथका पूजा सामग्री एवम् बाजागाजा, नेपाल एकीकरण हुँदा प्रयोग भएका हातहतियार, पृथ्वीनारायण शाहको पालामा दैनिक प्रयोग भएका भाँडाकुँडा, मानापाथी तथा विभिन्न कलात्मक सामग्री संग्रहालयमा देख्न पाइन्छ ।

    आधुनिक नेपालको एकीकरण पूर्व पहिले बाइसे चौबिसे राज्य कालमा लिगलिगकोट चौबिसे राज्य अन्तर्गत पर्दथ्यो । इतिहास अनुसार मगर घलेहरूको उक्त राज्यमा दसैंको दिन दौडेर जसले जित्छ, त्यही व्यक्ति एक वर्षका लागि लिगलिगे वाङ (राजा) हुने चलन थियो । दलसुर घलेमगर बाह्रौं पटकसम्म लिगलिग राज्यको राजा बनेकोमा १३ औं पटकको दौड भने द्रब्यशाहले जिते र त्यहाँको राजा भएको इतिहास छ । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा सांस्कृतिक महत्वको लिगलिगकोटमा नेपालको ठूलो झण्डा पर्यटकका लागि थप आकर्षण बनेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.