• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्शलाई


  •    अभियान हाम्रो/ आइतबार, माघ ०७, २०८०  

  • पोखरा

    अमरसिंह खेल मैदानमा जारी बाह्रौं पोखरा महोत्सवमा आयोजित विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको उपाधि सरस्वती आदर्श विद्या आश्रमले जितेको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनमा सम्पन्न विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको उपाधी संगै सरस्वती आदर्श विद्या आश्रमले नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा वेसलाइन एकेडेमीले दोश्रो स्थान सहित नगद ३५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो । त्यस्तै प्रतियोगितामा मेरिगोल्ड बोर्डिङ स्कुल र ज्ञान ज्योती विद्या कुञ्जले क्रमश तेश्रो र शान्तवना स्थान हासिल गर्न सफल भयो । तेश्रो स्थान हुने मेरिगोल्डले नगद २५ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयोभने शान्तवना हुने ज्ञान ज्योति विद्या कुञ्जले नगद १५ हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

    प्रतियोगिताका बिजेताहरुलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठ, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, क्लवबका बरिष्ठ उपाध्यक्ष लोक बहादुर थापासंगै क्लबका पदाधिकारीहरुले पुरस्कार वितरण गरेका थिए ।

    अमरसिंह खेल मैदानमा आयोजित महोत्सव एघारौ दिन सम्म आइपुग्दा दर्शकको उल्लेख्य साथ रहेको छ । दर्शकको उपस्थिती संगै महोत्सवमा कारोवार समेत वढिरहेको छ । महोत्सवको एघारौ दिन आइतबार ज्योती मगरको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिए । ज्योति मगर संगै महोत्सवमा जिवन दाहाल, कृष्ण अखेली, शिवहरी ढुंगाना, रामजी पौडेल, सानु बिकास, गंगा पौडेल, पारु गुरुङ, बत्ती थापा लगायतको प्रस्तुती रहेको थियोभने सांझको लाइभ ब्याण्डमा सुगम पोखरेलको प्रस्तुतीमा युवाहरु झुमेका थिए ।

    महोत्सवको अन्तिम दिन सोमबार लोकदोहोरी तर्फ जीवन दाहाल, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, सुनिमा गुरुङ, लक्ष्मी बानियाँ लगायतको प्रस्तुती रहने छ भने सांझको लाइभ कन्सर्ट तर्फ जीबबको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । यसैविच महोत्सवको समापन समारोह दिनको १ बजे पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.