फक्ताङलुङ ३, लिमखिम ताप्लेजुङ बस्ने १८ वर्षीया पुष्पा तबेबुङ शुक्रबार बिहान फुङलिङ ७, दोखु निगालेमाथिको पाखामा मृत भेटिइन्
प्रहरीले अनुसन्धानको क्रममा फुङलिङ नगरपालिका १०, फुरुम्बुगढी डाँडा बस्ने वर्ष २४ का रामकुमार कार्कीलाई हिजो पक्राउ गरी अनुसन्धान अगाडि बढाउँदा पुष्पाको मृ*त्युको रहस्य खुलेको छ । ८/९ महिनाअगाडि पुष्पा तवेवुङ लिम्बु र कार्कीबीच चिनजान भएको थियो । फोन सम्पर्कको क्रममा प्रेम सम्बन्ध भई शारीरिक सम्पर्कसमेत भएको, बिबाह गरौंभन्दा नमानेको र सँधैजसो गालिगलौज गरेर मानसिक तनाव दिएको उनले बताएका छन् ।
त्यहि कारण मार्ने मनशायले शुक्रबार बिहान ३ बजे फोन गरेर फुङलिङ नगरपालिका ५, प्यारिज होटलदेखि केही पर सुकेटार जाने सडक बाटोमा बोलाएको कार्कीले बताएका छन् । उनले मोटरसाइकलमा हालेर फुङलिङ नगरपालिका ४, सेती चौतारा भन्ने स्थानमा लगी एक पटक करणी गरेको समेत स्वीकारेका छन् ।
त्यसपछि बिबाह गरौंभन्दा नमानेपछि केहीबेर विवाद भएकोे, विवादको क्रममा पुष्पाले तेरो इज्जतमा दाग लगाई दिन्छु भनेपछि ढुंगाले टाउकोको पछाडिको भागमा प्रहार गर्दा उनी जमिनमा ढलेको कार्कीले साविती दिएका छन् । घाइते पुष्पाले नमार्न अनुरोध गरे पनि कार्कीले साथमा बोकेको बिषादीको बट्टाको बिर्को खोली निजको मुखमा जबरजस्ती खुवाएर भीरबाट झारेको समेत स्वीकारेका छन् ।
घटनास्थलमा रहेको पुष्पाको स्वीटर, चप्पल,विषादीको बट्टा र निजको मोबाईल समेत भीरमा फालिदिएका थिए । त्यसपछि पुष्पालाई हेर्न उनी भीरमा फुङलिङबाट चारपाटे गाउँ जाने बाटोमा पुग्दा उनी कोल्टे अवस्थामा रहेको र केही सास फेरिरहेको अवस्थामा देखेपछि पुनः त्यहाँबाट तलसम्म खसालेर डेरामा फर्की आएको अभियुक्तले बताएका छन् ।
यी सबै घटनाक्रमले पुष्पाको ज्या*न झण्डै एक वर्षअघि देखिको प्रेमले लिएको रहस्य खुलेको छ । यता पुष्पाका अभिभावकले भने हत्यारालाई पक्राउ नगरुञ्जेल शव नबुझ्ने बताएका छन् । आइतबार अभियुक्त हत्यारालाई सार्वजनिक गरेपछि पोष्टमार्टमपश्चात शव बुझेर अभिभावकले लगेका छन् ।