• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रामेछाप लिखु तामाकोशीको दिर्घमायाको घाटिको घाउमा १२ वर्षदेखि समस्या


  •    संवाददाता/ बुधबार, माघ ०३, २०८०  

  • लिखु तामाकोसी गाउँपालिका-६, खिम्तिकी ७० वर्षीया दीर्घमाया सुनुवारले आर्थिक अभावको कारण घाँटीमा निस्किएको घाउको १२ वर्षदेखि उपचार गराउन सक्नु भएको छैन । घाउको उपचार गराउन नसक्दा उहाँ १२ वर्षदेखि समस्यामा हुनुहुन्छ ।

    दीर्घमायालाई आफ्नो जन्मथलो कहाँ भन्ने थाहा छैन । काठमाडौँकै सडकमा हुर्किनुभयो । कहिले प्लास्टिक टिप्नुभयो, कहिले बालुवा बोक्नुभयो, कहिले अर्काका भाँडा माझ्नुभयो । झण्डै ४० वर्ष पुगेपछि आफूभन्दा पाँच वर्ष कान्छो काठमाडौँमा नै मजदुरी गर्ने रामेछापको लिखुतामाकोसी गाउँपालिका-६ का लालबाहादुर सुनुवारसँग विवाह गर्नुभयो ।

    विवाह गरेपछि गाउँमा आउनुभएका सुनुवार दम्पतीको आफ्नो घर जग्गा केही नभएको कारण ३० वर्षदेखि अर्काकै घरमा बसेर ज्याला मजदुरी र हाते काम गर्दै आउनुभएको छ । लालबहादुर बाँसका डोका, डाला, मान्द्रा बन्नुहुन्छ भने दीर्घमाया अर्काका बाख्रा पाठा पाल्ने, ज्याला मजदुरी गर्ने गर्नुहुन्छ । तर बिरामी भएपछि दीर्घमायाले सो काम पनि राम्रोसँग गर्न सक्नु भएको छैन । आर्थिक भावको कारण समयमा नै उपचार गर्न नसक्दा दीर्घमायाको घाँटीको टनसिल बिग्रिएर घाउ पाकेको १२ वर्ष भयो । उहाँले १२ वर्षदेखि घाँटीमा पाकेको घाउ बोकेर हिँड्नु भएको छ । ‘घाउ पाकेर बिग्रिएछ, उपचार गराउन काठमाडौँ गएँ, खर्च पुगेन, त्यतिकै फर्किएर घर आएँ, घाउ पाकिरहन्छ, पाकेर पिल्लिएपछि आफैँले सिन्कोले छेडेर निचोरेर फाल्छु’, दीर्घामायाले भन्नुभयो ।

    आर्थिक अभावको कारण पत्नीको उपचार गर्न नसकेको लालबहादुर बताउनुहुन्छ । ‘आफूसँग बिहान बेलुका छाक टार्ने खर्च पनि छैन, अप्रेसन गर्न चार/पाँच लाख रुपियाँ लाग्छ भने, कहाँबाट ल्याएर उपचार गर्नु, दुःख पाएर बसेकी छिन्’, लालबहादुरले भन्नुभयो । माइतीको ठेगान नलागेको कारण दीर्घामायाले नेपाली नागरिकताको प्रमाणपत्र समेत बनाउन पाउनुभएको थिएन । अहिले नागरिकता ऐनमा संशोधन भएकोले त्यही संशोधनलाई टेकेर रामेछापकी प्रमुख जिल्ला अधिकारीले केही दिन अघि उहाँको नागरिकता जारी गर्नुभएको छ ।

    नागरिकता जारी भएपछि अब उहाँलाई राज्यले सुविधा दिने बाटो खुलेको लिखु तामाकोसी गाउँपालिका-६ का वडाध्यक्ष शिवप्रसाद न्यौपाने बताउनुहुन्छ । उहाँको निःशुल्क स्वास्थ्य बिमाको प्रक्रिया अघि बढाइदिएको बताउँदै न्यौपानेले बिमा सुविधाबाट प्राप्त हुने औषधि उपचार अब उहाँले लिन सक्ने बताउनु भयो । ‘बिमाको निःशुल्क औषधि उपचार हुन्छ, साउनबाट उहाँको सामाजिक सुरक्षा भत्ता पनि आउँछ, यसले पनि केही सहयोग हुन्छ’, न्यौपानेले भन्नुभयो ।

    आर्थिक अवस्था अति कमजोर भएको कारण सामान्य औषधि उपचार पनि गर्न नसक्ने अवस्था रहेको दीर्घमाया बताउनुहुन्छ । ‘अप्रेसन गर्नु अघि रोकथामको लागि महिनाको ५ सय रुपियाँको औषधि खाइरहेको छु, त्यही औषधी किन्नलाई पनि धौ धौ छ’, उहाँले भन्नुभयो । यस्तो अवस्थामा स्वास्थ्य बिमा कार्यक्रममा समावेश हुँदा पनि उहाँको घाउको उपचार सम्भव छैन । सोही घाउको कारण मुटुसम्म समस्या भएको भन्दै चिकित्सकले अप्रेसन गर्न सुझाव दिएका छन् । तर उहाँले उपचार गराउन सक्नु भएको छैन ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    ताजा अपडेट
    • आज मिति २०८३ साल बैशाख ४ गते शुक्रबार, तपाईको आजको राशिफल
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.