• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वडा १५ मा दोश्रो बृहत खेलकुद महोत्सव शुरु, झण्डै १२ सय खेलाडी सहभागी


  •    संवाददाता/ मङ्गलबार, माघ ०२, २०८०  

  • माघ २,पोखरा

    पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजनामा मंगलबारदेखि वडा १५ स्तरिय दोश्रो बृहत खेलकुद महोत्सव–२०८० शुरु भएको छ । संविधान सभा सदस्य विद्यादेवी भट्टराईले एक समारोहका विच महोत्सवको उद्घाटन गरिन् । सो अवसरमा उनले खेल क्षेत्रले नेपाललाई अन्र्तराष्ट्रिय क्षेत्रमा चिनाएको बताइन् । खेलाडीहरुको मेहनतकै कारण देशले खेलकुदका विभिन्न स्पर्धाहरुमा अन्र्तराष्ट्रिय पदक जितेको बताउँदै अब राष्ट्रले पनि खेलाडीको महत्व बुझ्नुपर्नेमा जोड दिइन् । वडास्तरम हुने यस्ता प्रतियोगिताबाट खेलाडी उत्पादन तथा नवप्रतिभाको पहिचान हुने भट्टराईको भनाई थियो ।

    आयोजक वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले वडावासीविच भाइचारा सम्बन्ध प्रगाढ पार्दै स्वस्थ्य नागरिक उत्पादनका वडाले खेलकुदका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाए । आगामी वर्षहरुमा यो कार्यक्रमलाई अझै बृहत्तर रुपमा आयोजना गरिने बानियाँले औंल्याए । महोत्सवमा सहभागिताका लागि वडावासीले देखाएको उत्साहले आफुहरुलाई झनै हौसला र उर्जा प्राप्त भएको बानियाँले बताए ।

    प्रतियोगिता संयोजक समेत रहेका वडा सदस्य आशिष भण्डारीले गत संस्करणको खेलकुद महोत्सवमा सहभागि भएको खेलाडीहरुले पोखरामा आयोजना भएका विभिन्न प्रतियोगिताहरुमा उपाधि जित्दै वडाको गौरब बढाएको जनाए । बन विज्ञान अध्यायन संस्थान भित्रको मैदानमा शुरु प्रतियोगिताको उद्घाटन समारोह वडा सदस्य मन्दिरा परियारले कार्यक्रम सञ्चालन गरेकि थिइन् ।

    त्यसअघि वडा १५ भित्र रहेका झण्डै ढेड दर्जन संघसंस्थाले खेल मैदानमा मार्च पास गरेका थिए । तीन दिने खेलकुद महोत्सवमा खुल्ला फुटबल, विद्यालय स्तरिय फुटबल, महिला तथा पुरुष भलिबल, बास्केट बल, महिला तथा पुरुष दौड, व्याडमिण्टन, रस्साकसी लगायत विभिन्न खेलहरुका झण्डै १२ सय खेलाडीले भाग लिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.