• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी 


  •    संवाददाता/ मङ्गलबार, माघ ०२, २०८०  

  • पोखरा,  माघ ।
    ऐतिहासिक ढुँङ्गेसाँघु मेलाका अवसरमा महानगर स्तरीय कृषि जैविक विविधता मेला तथा कन्दमूल एवं परिकार प्रदर्शनी सम्पन्न भएको छ । पोखरा महानगरपालिका अन्तरगत आर्थिक विकास महाशाखाको आयोजनामा उक्त प्रदर्शनी गरिएको हो ।
    सो अवसरमा घरमा उत्पादनमा भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, वनमा उत्पादन भएको कन्दमूल प्रदर्शनी प्रतियोगिता, माघी परिकार प्रदर्शनी प्रतियोगिता, जैविक विविधता सम्बन्धी कृषि गीत प्रतियोगिता समेत गरिएको महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार मेलामा स्थानीय जातका लोपोन्मुख उत्पादनका विउबिजनहरु सहित १० थरी तरुल, गिठा, भ्याकुर, पिँडालु तर्फ १० थरी, र ३ थरीका सखरखण्ड प्रदर्शनी गरिएको छ । बागवानी अनुसन्धानका केन्द्रमा तयार गरिएका कन्दमूलहरू समेत प्रदर्शन गरिएको छ ।
    यसअघि मेलाको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्थानीय उत्पादन वृद्धि र उत्पादनको बजार सुनिश्चितताका लागि आवश्यक व्यवस्थापन गर्ने बताउनुभयो । कृषकहरूलाई अनुदान तथा साझेदारी कार्यक्रमहरू मार्फत सहुलियत प्रदान गर्दै प्राङ्गारिक उत्पादनमा हौसला प्रदान गरिएको उल्लेख गर्नुभयो । परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण तर्फ लैजाँदै यान्त्रीकरणलाई समेत विशेष जोड दिइएको उहाँले बताउनुभयो ।
    मेलाका अवसरमा गरिएको जैविक विविधता विषयक कृषि गीत प्रतियोगितामा कृषि सञ्जाल ३३ प्रथम भएको छ । यस्तै सफल महिला कृषक समूह, पोखरा २९ दोस्रो, कृषि सञ्जाल २५ तेस्रो र कृषि सञ्जाल ३० सान्त्वना भएका छन् । माघी परिकार केन्द्रित प्रतिस्पर्धामा टङ्कनाथ  बस्ताकोटी पोखरा २३, पोखरा २४ प्रथम, रुपा बराल, पोखरा १३ दोस्रो, सङ्गीत सुनार, पोखरा १६ तेस्रो र सोबित अधिकारी, पोखरा २८ सान्त्वना भएका छन् ।
    कन्दमूल प्रदर्शनी तथा प्रतियोगितामामा सहभागी १५ समूहले २३ थरी परिकार प्रदर्शनी गरेका छन् । घरमा उत्पादित कन्दमूल तर्फ देवीलाल बराल पोखरा २२ प्रथम, सीता अधिकारी पोखरा ३३ दोस्रो, सीता कुवर पोखरा २५ तेस्रो र रामजी पौडेल पोखरा २२ सान्त्वना भएका छन् । यस्तै बनमा उत्पादित कन्दमूल तर्फ प्रदीप ढकाल पोखरा २२ प्रथम, चमेरेगुफा कृषक समूह पोखरा १६ दोस्रो, टेकनाथ बराल पोखरा १३ तेस्रो, र देवीलाल बराल, पोखरा २२ सान्त्वना भएका छन् ।
    विजेताहरूलाई पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गर्नुभयो । दोस्रो राष्ट्रिय जैविक विविधता संरक्षण दिवसमा अवसरमा उक्त कार्यक्रम गरिएको हो ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.