• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, फागुन २७, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आमा प्रति समर्पित ** लेखक खेमराज तिमल्सिना


  •    संवाददाता/ शनिबार, असोज ०९, २०७८  

  •          अबेर रातसम्म भान्साकोठा बाट आवाज आइरहेको थियो, भान्साको बत्ती पनि बलिरहेको थियो,
                                                                                                                  
                आमा भान्सामै हुनुहुन्छ ।
                तिनवटै बुहारीहरु आ-आफ्नो कोठामा सुत्न गैसके,
                 तैपनि, आमा भान्सामै हुनुहुन्छ ।
                 आमाको काम अझै पनि बाँकी थियो,
               काम त सबैको थियो,
              तर उनले अहिले पनि सबै काम आफ्नै सम्झनुहुन्छ ।
               दुधलाई तताउनु छ,
           सेलाएपछि थोरै ठेकिमा जमाउन पनि राख्नु छ,
          ताकि. भोलिबिहान छोरा-नातिनातिना हरुले ताजा दही खान पाउन्…।
         जुठेल्नोमा राखिएका जुठा भाँडाहरुले आमाको मन पोलिरहन्छ,
         चाहे रातिको १२ बजेपछि क्यालेन्डरमा मिति परिवर्तन नै किन नहोस्, जुठेल्नोचै खालि हुनैपर्छ ।
         भाँडा बजिरहेको आवाजले छोराबुहारी हरूको निन्द्रामा बाधा परिरहेको छ,
        जेठी बुहारीले जेठो छोरासँग भन्छिन्,
        “तिम्रो आमालाई निन्द्रा पनि लाग्दैन कि क्या हो? न त आफु सुत्छिन्, न त हामीलाई नै सुत्न दिन्छिन्”
        माइली बुहारीले माइलो छोरासँग भन्छिन्,
        “अब हेर, भोलि बिहानै ४ बजे फेरि सुरु भइसक्छ खटरपटर । तिम्री आमा सान्त बस्न सक्दिनन् कि क्या हो ?”
         कान्छीले कान्छो छोरासँग भन्छिन्,
    ”      प्लिज, तिमी गएर यो ढोंग बन्द गराउ रातीमा जुठेल्नो खाली राख्नुपर्छ, आफ्नै भाँडा हो, भोलि बिहान सफा गरेपनि हुन्छ ।”
         आमाले यति बेलासम्म सबै भाँडाहरु माझी सकेकी थिइन् ।
          निहुरिएको कम्मर,
        चर्किएको हत्केला,
    झुण्डिएका नारिको छाला ।
    करकरी दुखेका जोर्नीहरू,
    दृष्टि धमिलो भएका आँखाहरु,
    निधारमा छुटेका पसिनाका थोपाहरु,
    खुट्टाहरुमा उमेरको लर्खराहट
    तैपनि,
    तातो दूधको भाँडो आज पनि त्यै साडिको सप्कोले समातेर उठाउछिन,
    उनका औंलाहरु पोल्दैनन्,
    किनकि उनी आमा हुन…।
    दुध सेलाइसक्यो,
    जम्न पनि लागिसक्यो,
    घडीका सुईहरु पनि थाकिसके,
    तर…
    आमाले स्टोर बाट तरकारी निकालेर काट्न थालिन्;
    उनी सुत्न सक्दिनन्,
    किनकि उनी आमा हुन्….।
    कहिलेकाहीं सोच्ने गर्छु “आमा” को बिषयमा नकारात्मक कुराहरू लेख्न, बोल्न, भन्न, बताउन वा कुनैपनि अभिव्यक्ति दिन कानुनी रुपमा बन्द हुनुपर्छ किनकि यो बिषय सधैं निर्बिबाद छ र यो नाता स्वयं आफैमा पबित्र छ ।
    रातिको १२ बजे बिहानको लागि सब्जी काटियो ।
    अचानक याद आयो कि औषधी त खानै बिर्सिएछ,
    ओछ्यानमा सिरानी मुनि राखिएको सानो थैलीबाट औसधीको पोको निकालिन,
    मधुरो उज्यालोमा
    औषधीको रंगको आधारमा गोली मुखमा राखिन् र पानीले घुटुक्क निलिन्….,
    छेउमा एक निन्द्रा पुर्याईसकेका बुवा बिउँझिदै सोध्छन्: “आइपुग्यौ ?”
    “हजुर”
    “आज त खासै काम नै थिएन….” आमा भन्छिन् ।
    अनि……
    लामो सास फेर्दै ओछ्यानमा पल्टिनछिन्,
    भोली बिहानको चिन्ता गर्दै….।
    थाहा छैन निन्द्रा लाग्छ कि लाग्दैन,
    तर बिहान उनी थकान रहित हुन्छिन्,
    किनकि उनी आमा हुन्….।
    बिहानको अर्लाम ढिलो बज्ने गर्छ,
    त्यो भन्दा पहिला नै भालेको पहिलो डाकोमा आमा उठिसकेकी हुन्छिन्…,
    याद छैन कहिल्यै कुनै ठिहिर्याउने जाडोमा पनि तातोपानीले नुहाएको,
    उनलाई कहिल्यै जाडो हुँदैन,
    उनलाई कहिल्यै चिसोले छुँदैन,
    किनकि उनी आमा हुन्…।
    पत्रिका कहिल्यै पढ्दिनन्, तर सधैँ उठाएर ल्याउँछिन्,
    दूध हालेको चिया कहिल्यै खाँदिनन्, तर सधैँ बनाएर ल्याउँछिन्,
    छिटो खाना कहिल्यै खाँदिनन्, तर सधैँ बनाउने गर्छिन्,
    किनकी उनी आमा हुन्…।
    आमाको बारेमा जिन्दगीभर कुरा समाप्त हुँदैन, बाँकी कुरा अर्को लेखमा….,
    हो यदि पढ्दापढ्दै तपाईंको आँखामा आँसु आयोभने कृपया मन खोलेर रुनुहोस्,। अनि आँसु पुछिसकेपछि आमाको ममतालाई स्मरण गर्दै उनको काखलाई सिरानी बनाउनुहोस्,। बास्तबिक स्वर्ग त्यहिँ भेट्नुहुनेछ । किनकि उनि अरु कोहि हैनन्, तपाईँकी आमा हुन् ।।
            लेखक  ;   खेमराज तिमल्सिना
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    ताजा अपडेट
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘
    • बलात्कारपछि हत्या गरेको आरोपमा चार किशोर पक्राउ
    • नेपालका निर्वाचन: पहिले र अहिलेको तुलनात्मक विश्लेषण
    • एक किशोरीलाई ४ वर्षसम्म न’ग्न भिडियो देखाएर ब्ल्या’कमेल र ब’लात्कार गरेको आरोपमा ३५ वर्षीय टेकेन्द्र शाहीविरुद्ध मुद्दा दायर

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.