• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

विन्ध्यवासिनीको रक्तदानमा ७७ युनिट संकलन


  •    अभियान हाम्रो/ बिहिबार, पुष २६, २०८०  

  • शिशिर पौडेल

    पोखरा २६ पुस

    पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा भएको रक्तदानमा ७७ युनिट रगत संकलन भएको छ ।

    विद्यालयको ७७औं वार्षिक उत्सव तथा अभिभावक दिवसको पुर्व सन्ध्यामा विहीवार विहान आयोजित रक्तदान कार्यक्रममा अधिकांश नयाँ रक्तदाता सहभागी भएका थिए। कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी कास्कीका उपसभापति उर्मिला खड्काले कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वाँनियालाई ब्लड व्याग हस्तान्तरण गरी उद्घाटन गर्नुभयो ।कार्यक्रममा वोल्दै खड्काले देशकै नमुना विद्यालयले गुणस्तरीय शिक्षासँगसँगै मानविय कार्यमा समेत महत्वपुर्ण योगदान पुर्याएको भन्दै प्रशंषा गर्नुभयो । कार्यक्रम संयोजक एवं विद्यालयका सह प्रधानाध्यापक रामवहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले मानविय जीवनमा रक्तदानको महत्वपुर्ण भुमिका रहेको वताउँदै नयाँ रक्तदातालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।रेडक्रसका जिल्ला सदस्य सुवासवावु अधिकारीले मानविय सेवामा रेडक्रसले खेलेको भुमिकाको चर्चा गर्नुभयो ।

    कार्यक्रममा ५० औं पटक रक्तदान गरेका राम व. वानिया, ४८ औं पटक रक्तदान गरेका धर्मराज थापा, ३१ औं पटक रक्तदान गरेका नविन्द्र तिमिल्सीना, २८औं पटक रक्तदान गरेका प्रकाश अधिकारी, २४ औं पटक रक्तदान गरेका बैकुण्ठ पौडेल, १९ औं पटक रक्तदान गरेका ओम थापा लगायतले नयाँ रक्तदातालाई रक्तदानका लागी प्रोत्साहन गरेका थिए ।कार्यक्रममा सहभागी रक्तदातालाई प्रशंसापत्र प्रदान गरिएको थियो । विद्यालयमा गठित युवा रेडक्रस सर्कलको सहयोग, रक्त संचार केन्द्रको प्राविधीक सहयोग मा भएको कार्यक्रमको संचालन शिक्षक नायक सरिता पौडेल भट्टराईले गर्नुभएको थियो ।

    यसैविच विहीवारवाटै विद्यालय प्रागंणमा विज्ञान प्रर्दशनी समेत शुरु भएको छ । विद्यार्थीले निर्माण गरेका विज्ञान र प्रविधीसँग सम्वन्धित वस्तुहरु प्रर्दशनीमा राखिएको प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।पुस २७ गते शुक्रवार आयोजना हुने वार्षिकोत्सव कायृक्रम पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा हुने र सो अवसरमा विभिन्न पुरस्कार सहित व्यक्तिलाई सम्मान गरिने वताइृएको छ ।सामुदायिक विद्यालयमा देशकै पहिलो नमुना विद्यालय वनेको विन्ध्यवासिनी मावि पोखराकै पुरानो विद्यालय मानिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.