• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापा विदेशी मुद्रा पनि फेला परेतीन करोड तीस लाख ७५ हजार फेला

"केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापा विदेशी मुद्रा पनि फेला परेतीन करोड तीस लाख ७५ हजार फेला "

  •    अभियान हाम्रो/ बुधबार, पुष २५, २०८०  

  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार बमजनको घरमा छापामार्दा नेपाली रूपैयाँमात्र होइन  विदेशी मुद्रा पनि फेला परेको छ।

    ‘बमजनको घरबाट बरामद नेपाली रूपैयाँ गनेर सकियो।  तीन करोड तीस लाख ७५ हजार रहेछ। सबै हजार हजारको गड्डीहरू भेटिएको छ।  अब बरामद भएको विदेशी पैसा गन्न बाँकी छ। डलर लगायत अरू पनि करेन्सी छन्,’ ब्युरो प्रमुख किरण ब्रजाचार्यले भनिन्।

    उनको साथबाट १५ वटा मोबाइल, तीनवटा ल्यापटप र ३५ वटा पेनड्राइभ पनि बरामद भएको छ।

    सिआइबी प्रमुख ब्रजाचार्यका अनुसार बमजनले अहिलेसम्म धेरै कुरा बोलेका छैनन्। आजसम्म कहाँ लुकेर बसेको भन्ने प्रश्नको जवाफमा विभिन्न जंगलहरूमा, कहिले आफन्तको घरमा बस्दै आएको मात्र उनले बताएका छन्।

    प्रहरीले मंगलबार बुढानीलकण्ठको हात्तिगौँडास्थित बमजनकै घरबाट उनलाई पक्राउ गरेको थियो। प्रहरी पुगेपछि भाग्नलाई उनी बरण्डाबाट हाम फालेका थिए।

    प्रहरीले केहीसमय अघिदेखि उनी काठमाडौंमा बस्दै आएको भन्ने सूचनाका आधारमा निगरानी बढाएको थियो।

    बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

    उनी विरूद्ध आश्रममा बस्दै आएका तीन आनी र २ चेला गरि ४ जनालाई बेपत्ता पारेको, एकजनाको हत्या गरेको, एकजनालाई बलात्कार गरेको जाहेरी प्रहरीमा परेका छन्।

    बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्। बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।

    आफूलाई हुँदै बमजनले बलात्कार गरेको भन्दै गंगामायाले दिएको उजुरी पछि प्रहरीले सर्लाही जिल्ला अदालतमा मुद्दा लगेको छ। उक्त मुद्दा मा उनलाई पक्राउ गर्न अदालतले पुर्जी जारी गरेको सेतोपाटिले जनायको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    ताजा अपडेट
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव
    • निर्वाचनमा ‘एल्गोरिदम’ को जालो: के हामी डिजिटल भ्रमको शिकार भयौँ?
    • सुनिता श्रेष्ठ द्वारा लिखित देश प्रेमी कबिता ‘ कति राम्रो हाम्रो देश ‘

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.