• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी

"नक्कली बुबा बनेर अर्कैकी छोरीलाई नागरिकता दिलाएको आरोपमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी "

  •    अभियान हाम्रो डट कम / बुधबार, पुष २५, २०८०  

  • वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध उजुरी परेको छ ।

    मेयर सिंहविरुद्ध उनकै छिमेकी वडा नम्बर ३ का महमद सहाबुदिनले आज जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका हुन् । उनले मेयर सिंहकी पत्नी अन्नपूर्णा मानन्धरलाई पनि विपक्षी बनाएका छन् ।

    मेयर सिंह र उनका पत्नी मानन्धरको दाम्पत्य जीवनबाट एकमात्र छोरा ३० वर्षीय अनिशमान सिंहको जायजन्म भएको छ ‌। तर रुविना श्रेष्ठ नामकी छोरी हो भन्दै बुवा बनेर मेयर सिंहले नागरिकता बनाइदिएका हुन् । यो कुरा बाहिरिएपछि मेयर सिंह र उनका पत्नी मानन्धरलाई समेत विपक्षी बनाएर छिमेकी सहाबुदिनले उजुरी दिएका छन् ।

    मेयर सिंहले झुठो विवरण पेश गरी रुविना श्रेष्ठलाई छोरी बनाएर २०७१ असोज २० मा वडा नम्बर ३ बाट जन्मदर्ता र २०७५ साउन १३ मा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता बनाएको उजुरीमा दावि गरिएको छ ।

    रुविनाको जन्ममिती २०५९ असार ३० राखिएको छ । जन्म भएको १२ वर्षपछि जन्मदर्ता बनाएकाले पनि नक्कली रहेको उजुरीकर्ता सहाबुदिनको दावि छ । उनले भनेका छन्, ‘झुठो विवरणका आधारमा बनाएको जन्मदर्ताको रेकर्ड वडा नम्वर ३ को कार्यालयमा माग्दा वडाध्यक्ष र सचिवले रेकर्ड हराईसकेको भन्ने गर्छन् ।’

    रुविनाको नागरिकता नम्वर ३४– ०१–७५–०४८४७ छ । नागरिकता जारी गर्दा मेयर सिंह बुबाको रुपमा सनाखत गरेको पनि दावी गरिएको छ ।

    ‘रुविनाको जन्म काठमाडौंमा नाम थाहा नभएको भट्टराई थरका आमा–बुवाबाट भएको छ’, उजुरीकर्ता सहाबुदिनको दाबी छ, ‘मेयर सिंह थरका छन् । उनका पत्नी मानन्धर थरका र छोरा सिंह थरका । तर छोरी कसरी श्रेष्ठ थरको भयो ? यसले पनि नक्कली बुवा बनेको देखिन्छ ।’

    नागरिकता सनाखत गर्ने व्यक्तिको नाउँमा राजेशमान सिंह र निजको नागरिकता नम्वर ३४– १६०३१८८१७ उल्लेख छ । अर्को महत्वपुर्ण कुरा के छ भने रुविनाको नागरिकतामा आमाको नाउँ उल्लेख छैन । त्यसबाट पनि झुटो विवरण पेश गरी नागरिकता बनाउन लगाएको सजिलै अनुमान गर्न सकिन्छ– उजुरीमा उल्लेख छ ।

    नागरिकता लिएको चार वर्षपछि २०७९ साउन २४ मा रुविनाले जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएकी थिइन् । उनको पासपोर्ट नम्बर ११०३९६१७ छ । स्रोतका अनुसार उनी विदेशमा छिन् ।

    उजुरीमा सहाबुदिनले आवश्यक छानविन गरी नक्कली बुबा बनेका मेयर सिंहलाई कानून बमोजिम हदैसम्मको कारबाही र जारी भएको नक्कली नागरिकता र राहदानी खारेज गर्नुपर्ने माग गरेका छन् ।

    मेयर सिंहले रुविना छोरी हो होइन अहिले केहि भन्न नसकिने बताए । उनले आफू वकिलसँग सल्लाह गरेको र कानूनी उपचार खोज्ने बताए । उनले भने, ‘फोनमै सबैकुरा नगरौं । दूधको दूध र पानीको पानी छिट्टै थाहा पाइहाल्नुहुन्छ ।’

      

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.