सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसदमा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए।
सरकारले संशोधित बजेटमा आन्तरिक ऋण तथा वैदेशिक ऋणको अंश करिब ३७ अर्ब घटाइएको चालुतर्फ १० प्रतिशत घटाइएको छ। यसबाट नेपाली जनतामा सानो अंकमा भए पनि ऋण भार कम हुने दाबी अर्थमन्त्रीको छ। अध्ययन अनुसन्धान र विश्लेषणमा आधारित रहेर अर्थ मन्त्रालयमा एक ‘थिंक ट्यांक रहने व्यवस्था गरिएको विनियोजित बजेटमा उल्लेख छ।
बजेटले आम नागरिकमा खोप सुनिश्चित गरेको छ। सिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी चलायमान बनाउने विषय पनि बजेटमा समावेश गरिएको छ। बजेटमा प्रस्तुत भएका मुख्य योजनाहरु:
- कोरोनाबाट रोजगारी गुमाएकालाई प्रति घरपरिवार १० हजार अनुदान
- बैठक भत्ता, इन्धन, गोष्ठि सम्बन्धी खर्चमा कटौती
- २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने
- राजनीतिक आन्दोलनमा बलिदानप्राप्त परिवारलाई मासिक तीन हजार
- खोप आपूर्ति सुनिश्तिता सहितको बजेट
- बेरोजगार युवाहरुको एकीकृत अभिलेख तयार गरिने
- मेरुदण्ड पक्षघात र मृगौला प्रत्यारोपण गरेकालाई मासिक ५ हजार
- प्रत्येक प्रदेशमा कम्तीमा एउटा शैक्षिक उत्कृष्टता केन्द्र
- काठमाडौँ उपत्यकामा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिने
- धार्मिक संग्रहालय स्थापना गरिने
- पढ्दै कमाउँदै कार्यक्रम सुरुवात गरिने
- कच्चा पदार्थदेखि अन्तिम उत्पादनसम्म स्वदेशमै सम्पन्न गर्नेलाई प्राथमिकतामा
- समयमा निर्माण कार्य सम्पन्न नगर्ने प्रवृत्तिमा सुधार गरिन / साभार लोकपाटि डट कम







