चिसोको कारण थप एक जना भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बस्दै आएका भेरी नगरपालिका–१ रावतगाँउका ५८ वर्षीय कर्ण बहादुर विश्वकर्माको चिसोका कारण पुस २१ गते मृत्यु भएको हो ।

भूकम्पपछि त्रिपालमुनि बसेका चिसोले बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली प्रदेश सुर्खेतमा रिफर गरिएकोमा प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको मृतकका छोरा रुपलाल विश्वकर्माले बताउनु भयो ।
भूकम्पले घर भत्किएपछि हिउदको कठ्ङ्ग्रिदो चिसोमा पालमुनिको बसाइले दिर्घरोगी, जेष्ठ नागरिक, बालबालिका र सुत्केरी गर्भवती महिलाले अकालमा ज्यान गुमाउनु परेको छ ।








