• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

डडेल्धुरा क्षेत्रका सेवाग्राहीले स्वास्थ्य सेवा लिन सास्ती


  •    अभियान हाम्रो/ सोमबार, पुष २३, २०८०  

  • संघीय सरकार मातहतको एक मात्रै डडेल्धुरा अस्पतालमा सञ्चालित सिटीस्केन सेवा जनशक्ती अभावका कारण तीन महिनादेखि बन्द भएपछि यस क्षेत्रका सेवाग्राहीले स्वास्थ्य सेवा लिन सास्ती खेप्नु परेको छ ।

    स्वास्थ्यकर्मीहरुले टाउँकोमा समस्या भएको भन्दै सिटिस्केन गर्न सुझाव दिएपछि डडेल्धुरा अस्पताल आएको भए पनि सिटिस्केन सेवा बन्द भएको भन्दै डडेल्धुरा अस्पतालका डाक्टरले धनगढी रिफर गर्दा आर्थिक अभावका कारण उपचार नै नगरेर घर फर्किन बाध्य भएको गन्यापधुरा गाउँपालिका–३ गर्खाकी हरिना बोहराले दुखेसो पोख्नु भयो ।

    उहाँले भन्नु भयो– ‘हामीजस्ता आर्थिक अवस्था कमजोर भएका बिरामीलाई उचार गर्न नै समस्या भयो । रोगपालेर बस्नु पर्ने अवस्था भयो । सिटीस्केन सेवा सञ्चालन नहुँदा मजस्तै अन्य बिरामीहरुले सास्ती खेप्नु परेको छ ।’

    डडेल्धुरा अस्पतालमा सिटीस्केन सेवा लिन आएको भए पनि सेवा बन्द भएपछि उपचार गर्न नसकिएको र गाउँबाट आउने अन्य बिरामीहरुले समेत समस्या भोग्नु परेको नवदुर्गा गाउँपालिका–३ की खगेश्वरी बिष्टले गुनासो गर्नु भयो ।

    उहाँले भन्नु भयो– ‘डडेल्धुरा अस्पतालमा सीटीस्केट सेवा छ भन्ने सुनेर आएकी थिए । तर, बन्द भएको तीन महिना भइसकेको रहेछ । हामी जस्ता गरिबलाई कहिलै यो अस्पताल काम नलाग्ने भयो । सिटीस्केट गर्ने डाक्टर नभएर उपचारका लागि थप आर्थिक भार हुने भयो । धनगढी गएर उपचार गर्ने तयारी गरिरहेकी छु ।’

    रेडियोलोजिष्टको अभावमा तीन महिनादेखि सीटीस्केट सेवा बन्द भएका कारण सेवा लिन आउनु भएका बिरामीहरुले समस्या भोग्नुपरेको र गत वर्ष सीटीस्केन सेवा सञ्चालनमा हुँदा ८ सय बिरामीलाई सेवा प्रदान गरिएको डडेल्धुरा अस्पतालका निमित्त मेसु डाक्टर सन्तोष गुप्ताले बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेढ वर्ष पहिले छात्रवृत्तिबाट अध्ययन गरेका रेडियोलोजिष्टलाई करारमा डडेल्धुरा अस्पताल पठाएको थियो । तर, १६ महिना काम गरेर उहाँ जानु भएको छ । उहाँ गइसकेपछि मन्त्रालयले रेडियोलोजिष्ट नपठाएका कारण सेवाग्राहीलाई सास्ती भएको हो ।’

    डडेल्धुरा अस्पतालमा सीटीस्केन सेवा बन्द भएपछि सुदूरपश्चिम प्रदेशका सात पहाडि जिल्लाका बिरामीहरु कैलालीलगायत अन्य बाहिरि जिल्ला जान बाध्य छन् । सीटीस्केन सेवासँगै डडेल्धुरा अस्पतालमा सुरु गरिएको प्याथोलोजी सेवा पनि हाल बन्द भएपछि बिरामीहरुले थप समस्या भोग्नु परेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.