तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकको आयोजनामा सिन्धुपाल्चोक जिल्ला भरिका तमु ९गुरुङ० समुदायले मुप्री ल्हो ल्होसार् गत बर्ष झैँ यस बर्ष पनि भव्यता साथ हि(ल्हो ९ बिरालो वर्ग ० लाई बिदाई र मुप्री ल्हो ९ गिद्ध वर्ग ० लाई स्वागत गर्दै जिल्ला स्तरिय तमु ल्होसार तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका अध्यक्ष रबि गुरुङको अध्यक्षतामा, बाह्रबिसे नगरपालिकाका प्रमुख बाल किस्ण बस्नेतको प्रमुख आतिथ्यतामा ,उपप्रमुख मन्जु तामाङको बिशेष आतिथ्यतामा,साङबारी ( ८ का अध्यक्ष बिमल पौडेल र तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय सदस्य मानकाजी गुरुङको आतिथ्यतामा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं।८ स्थित साङबारी गुरुङ टोलमा यही आउदो पौष २८ गते शनिबार मनाउने भएका छन।
तमु समुदायले आफ्नो संस्कार ,संस्कृतिको संरक्षण, सदभाव , भाइचारा, बिश्वबन्धुत्व र सह(अस्तित्व जोगाउने उद्देश्यको साथ तमु ल्होसार मनाउने भएका हुन। तमु ९गुरुङ० समुदायमा सामुहिक रुपमा,संस्थागत तथा घरघरैमा पनि ल्होसार मनाउने चलन रहेको छ ।
उक्त तमु ल्होसार कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहु चर्चित कलाकारहरुको प्रस्तुतिका साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने भएको छ। सिन्धुपाल्चोक जिल्लाका ४२ गाउँका तमु ९गुरुङ ०हरु मिलि केही बर्ष देखि सामुहिक रूपमा तमु ल्होसार कार्यक्रम पालोपालै छुट्टा छुट्टै स्थानहरुमा मनाउने निर्णयका साथ यो बर्ष तमु ल्होसार बाह्रबिसे नगरपालिका वडा नं।८ साङबारी गुरुङ टोलमा तमु ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद सिन्धुपाल्चोकका उपाध्यक्ष ईश्वर घले र सदस्य अबिनास गुरुङ को सयोजक्त्वमा मनाउने गुरुङ चलचित्रका नायक एबम चलचित्र निर्माता , तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सिन्धुपालचोकका सदस्य ,सामाजिक अभियान्ता एवम् रमाइलो साझ अनि हामि सबैको साथ ग्रुपका अध्यक्ष भिजन गुरुङले बताएका छन भने तमु ल्होसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्नको निमित सम्पुर्ण गुरुङ तथा गैर गुरुङहरुमा गरिमामय उपस्थितिको लागि निमन्त्रणा सहित अनुरोध पनि गरेका छन ।








