माइतीघर मण्डलाको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सहित सात जनालाई प्रहरीले पुस २१ गते गिरफ्तार गरेको छ ।

सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवता विरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुङ्गोमा पुर्याउनु पर्ने, नागरिकको भेला भएर प्रदर्शन गर्न पाउने संविधान प्रदत्त अधिकार लागु हुनुपर्ने लगायत विभिन्न ६ बुँदे माग राखेर प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
गिरफ्तारीमा पर्नेहरूमा काठमाडौँका ४६ वर्षीय प्रेम चलाउने, ६८ वर्षीय डा. गोविन्द केसी, काठमाडौँका ३६ वर्षीय पुकार बम, काठमाडौँका ३० वर्षीय शौरभ घिमिरे, सुर्खेतका ३३ वर्षीय पवन थापा, काठमाडौँका ४० वर्षीय लक्ष्मण श्रेष्ठ, काठमाडौँका ३५ वर्षीय सशि विक्रम कार्की रहेका छन् ।
गिरफ्तारीमा परेकाहरूलाई प्रहरी वृत्त, सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुङ्गेलले इन्सेकलाई जानकारी दिनुभयो ।








