४७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा सुनकोशी गाउँपालिका-६ का २६ वर्षीय कृष्ण भण्डारीलाई पुस २० गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले पुस १६ गते पीडितको घर नजिक बाटोमा बलात्कार प्रयास गरेको भन्दै पीडितले पुस १६ गते इलाका प्रहरी कार्यालय, बाह्रविसेमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख संजिवकुमार यादवले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १६ गते प्राथमिक स्वास्थ्य केन्द्र, बाह्रविसेमा भयो ।








