• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाजुङ्ग पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशनबाट अध्यक्षमा पौडेल निर्वाचित


  •    अभियान हाम्रो / शनिबार, पुष २१, २०८०  

  • पोखरा

    बाजुङ्ग पोखरा सम्पर्क समाजको अध्यक्षमा सागर पौडेल निर्वाचित हुनुभएको छ । पोखरामा आयोजित समाजको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट पौडेल अध्यक्षमा निर्वाचित हुनुभएको हो । दुई वर्षे कार्यकालको लागि पौडेल तेस्रो अध्यक्ष हुनुभएको हो ।

    निर्वाचित अध्यक्ष मिलन ग्रुप अफ नेपालको महासचिव, मिलन फाउन्डेसन नेपालको सदस्य र मिलन स्काउट क्र्युको वरिष्ठ प्रशिक्षक हुनुहुन्छ भने लामो समयदेखि स्काउट र शिक्षण पेशामा कार्यरत हुनुहुन्छ ।  त्यस्तै उपाध्यक्षमा पदम कुमारी सेन र तिलक पौडेल ,सचिवमा सन्त बहादुर छेत्री ,कोषाध्यक्ष मिना मल्ल सह सचिवमा गोबिन्द शर्मालाई चयन गरिएको छ ।  सदस्यहरुमा ठाकुर शाही, तारा कुवर, कपिल चपाई रहनुभएको छ ।

    प्रमुख अतिथि मिलन ग्रुप अफ नेपालका संरक्षक तथा बाजुङ पोखरा सम्पर्क समाजका सल्लाहकार सावित्री गुरुङले आफ्नै श्रीमान स्वर्गीय नर बहादुर गुरुङको तस्बिरमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा गुरुङले आफ्नो श्रीमान यो समाजको परिकल्पनाकारको रूपमा रहि समाजको उत्थान र प्रवर्द्धनको लागि आफ्नो जीवन रहुन्जेल खटेर लाग्नुभएको बताउनुभयो । उहाँको योगदान र स्वच्छ मनले गरेको उदाहरणीय कार्यहरुको स्मरण गर्नुभयो । साथै बुवाकै प्रेरणाले गर्दा अहिले छोरा दुर्गा गुरुङ “मिलन” ले देशको ६८ वटा जिल्लामा विभिन्न सहयोग प्रदान गर्दै आउनुभएको छ । हाल हङकङ निवासी  दुर्गा गुरुङ “मिलन” ले मिलन ग्रुप अफ नेपाल अन्तर्गत १८ वटा संस्था मार्फत शिक्षा, स्वास्थ, सञ्चार, खेलकुद र कृषि  क्षेत्रमा सहयोग गरिरहनु भएको छ । दुर्गा गुरुङ “मिलन यस समाजको संस्थापक सदस्य समेत हुनुहुन्छ । हाल उहाँ यो समाजको विशेष सहयोगीको रूपमा रहनुभएको छ ।

    विरेन्द्र एसिको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पदम कुमारी सेनले र संचालन सचिव सागर पौडेलले गर्नुभएको थियो । बाजुङ्ग पोखरा सम्पर्क समाजका सल्लाहकारहरु, सदस्यहरु र  शुभचिन्तकहरुको विशेष उपस्थिती रहेका थिए । यो समाजले पर्वत जिल्ला मोदि गाउँपालिका ५ बाजुङ्गबाट विभिन्न पेशा, व्यवसाय गर्न र बसाइ सराइ गरि पोखरामा आइ बसोबास गरेका सम्पूर्णलाई एकआपसमा सहयोग,  भुकम्प र कोभिडमा पनि सक्दो सहयोग गर्ने गरेको छ । जसले भाइचारा अभिबृद्धी भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.