जन्म पछि मृत्यु मरण अनिवार्य हुन्छ,प्राकृतिकको नियम नै हो । तर सबैको मरण तिम्रो जस्तो होस राज नारायण सबैको आखाको नानी , प्यारो जबकी तिम्रो प्रतिद्वन्दी को आखामा नबिजाइकन गयौं जब जाबो एउटा वडापालिकामा परज्त भएर देशलाई जित्यो त्यो नै माहान हो राज नारायण । बिगतलाई फर्केर हेर्दा जब २०५४ सालमा तिमि र म सग काठमाडौ गैरिधारामा हरि दाइको घरमा भेटघाट हुदा देखि धेरै बर्ष लगभग २ बर्ष हाम्रो बासको साहारा हरि कुमार र भिम दाइ यानिकी हजुरको कान्छी दिदी मेरो भाउजूको घरमा बित्यो यो जाग जाहेर नै छ जति बस्यो हामी प्राय तिमी, कपिल कार्की , देबेन्द्र, मनोज , सगै नै हुन्थ्यो बिहान सबै आ अफ्नो काम बेलुकी बास हामी सबैको एकैसाथ हुने गरेको थियो तेस्मा पनि तिम्रो र मेरो समन्ध बेग्लै थियो दाइ भाइको मलाइ याद छ अहिले पनि चाहे ठमेलको रेस्टुरेन्टमा कुनै दिन भट्टीमा अडेस लागेर सुतेको दिन ,पुतलीसडक स्थित , लाइन हटमा घुडाटेकेर पिठो मुछेको दिन ,काठमाडौ कमलादि स्थित फास्ट्फुड स्थित कुनै दिन टेबुल जोडेर सुतेको दिन यानिकी ललितपुर कुपन्डोल उकालो स्थित पाउरोटी भ्यान धकेलिएको त्यो याद अझै ताजा छ राज नारायण ।

राजनीति हिसाबले पछाडी फर्किदा भिरपानीको तेज बहादुर पछीको गुरु तिमी जो मेरो नै हो किनकी तेज बहादुरले बैचारिक तर्फ भने तिमिले कुटनैतिक खैर केही छैन मैले पनि बिचैमा छोडे आफ्नो लक्ष्य तर पनि त्यो दिन अझैसम्म ताजा छ मेरो मानसपटल जबकी तेतिखेर जाबो एउटा सानो सस्था नेवा सम्पर्क समूह भिरपानी पकरबास थियो तिहा चुनाब भएको थियो । जसमा हरि बहादुर श्रेष्ठ ९ नवीन० र केशरबहादुर श्रेष्ठ अध्यक्ष मा उम्मेदवारी दिनु भएको थियो तेस्मा पनि राजनीति छिर्यो जबकी सामाजिक दृस्ठिकोणले सबैभन्दा धेरै भोट ल्यायर मेरो ठुलो जित थियो तर राजनीतिक दृस्ठिकोणले मेरो जीवनकालमा पहिलो हार भो किनकी तेति खेर म अल्लारे नै जस्तै जस्ले जे भने पनि ,,,,,,,,,, तर भिरपानीको एउटा नव सन्देश युवा क्लबको अध्यक्ष थिए । जबकी त्यो सस्थामा अहिलेको पालिकाको अध्यक्षले जबर्जस्ती राजीनामा गराए । मत अल्लारे थिए तेति याद भएन तर त्यो पीडा तिमिलाइ परेको देख्दा जीवनकाल अहिले पनि तेहि याद आखामा झल झली आइरहेको छ । हो तिमिले नै टाढाको देवता नजीकको भुत उखान सुनायो मैले पनि संचालकमा तेहि कुरा राखेर निर्णय गरे ।
जिन्दगिको पुर्ण पाठ भो मेरो लागि तिमिले नेवाको बैठक्मा पनि कुरा उठाउनु तिमी महान थियो । खै र समय परिवर्तन , मेरो परिस्थितिले गर्दा अलि टाडा हुन पुगे तेहि पनि हाम्रो समन्ध नजिकै थियो पहिले पनि तिमि बिरामी हुदा अस्पतालको सैयाबाट मरिन्छ कि भने थियो मलाइ धेरै सल्लाह दिनु भयो अस्ति भर्खर मात्रै तिम्रो तौल घटाउ है यो नै अन्तिम वाक्य भो । राज नारायण खैर केही छैन हाम्रो परम्परा अनुसार मरेर जाने चोला चै हो तर तिमी छिटो गयौं रामेछाप देखि स्याङ्जा सम्म वडाको कार्याकर्ता देखि जिल्लाको नेता कार्यकर्ता सम्म सम्मान व्यबहार गर्दै विपक्षीलाई पनि साथ लाने , गाउँदेखी केन्द्रिय पार्टी कार्यालय सम्मकोआखाको नानी बनी गयौं तिमी तिम्रो मरणमा केन्द्रिय नेता देखि ,पुर्व प्रधानमन्त्री सहित आउँदा हजारौं मलामी कमाउदा म दुइसय किलोमीटर टाढाबाट हेर्न बाध्य भए । मरण होस् त तेस्तो होस् हार्दिक श्रद्धाञ्जली राज नारायण यो भन्दाभन्दै यो दुई थोपा आँसु,र यो दुई थुंगा फुल तिम्रो आत्मा प्रति समर्पित गर्दैछु । अल बिदा राज नारायण








