सर्लाहीमा गोली लागेका एकजना घाइतेको मृत्यु भएको छ । सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा आज प्रहरीले गोली चलाएको थियो ।
अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।
मधेस प्रदेश प्रहरीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार अझै सर्लाहीको अवस्था तनावग्रस्त छ । प्रहरीले दर्जनौँ राउण्ड गोली र अश्रुग्यास पनि प्रहार गरेको छ ।








