• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्तिनिकेतनकी अदिती प्रथम


  •    संवाददाता/ शुक्रबार, पुष २०, २०८०  

  • दुलेगौंडा,  पोखरा

    कास्की नेत्रहिन संघले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा शान्तिनिकेतन मावि, पोखराकी अदिती पराजुली प्रथम भएकी छिन् । २१६ औं विश्व ब्रेल दिवस–२०८० को अवसरमाअपाङ्गता भएका बालबालिकाको शिक्षामा सरोकारवालाको भूमिका विषयमा प्रतियोगिता भएको हो ।

    पोखराको वगरमा विहिवार आयोजित खुल्ला प्रतियोगितामा अमरसिं मावि पोखराकी लिनीमा रेग्मी द्धितीय, बेनी सामुदायिकमावि, बेनीका अभिषेक पौडेल तृतीय र जलकुमारी मावि गोरखाका राजेन्द्र वि.क. सान्त्वना हुन सफल भए । प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुन सफल प्रतियोगिले क्रमशः १० हजार, ७हजार, ५ हजार र ३ हजार रुपैया र प्रमाण पाए । कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकीका सचिव प्रकाश पौडेल, कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा लगायतले नगद र प्रमाणपत्र प्रदान गरे ।

    सो अवसरमा बोल्दै मन्त्रालयका सचिव पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण शुरुमा घर परिवारबाटै सकरात्मक हुनु पर्नेमा जोड दिए । उनले सरकारले सरोकारवाला सँग नियमति छलफल गरिएको जानकारी दिए । कास्की नेत्रहिन संघका अध्यक्ष सापकोटाले आगामीवर्ष प्रदेश सरकारकै पहलमा दिवस मनाउने वातावरण तयार गर्नु पर्नेमा जोड दिए । उनले कास्की नेत्रहिन संघको भवनमा रहने गरि प्रदेश स्तरीय ब्रेल प्रेस स्थापना गर्न माग गरे ।

    संघका अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महिला उपाध्यक्ष सुनिता ज्ञवाली, कार्यक्रम संयोजक प्रमोद दाहाल लगायतले बोलेका थिए । प्रतियोगितामा गण्डकीका विभिन्न जिल्लाका मावि तहका१३ विद्यालयका २३ प्रतियोगिले भाग लिएका थिए । प्रतियोगिताको निर्णायकहरुमा पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापकहरु अर्जुन सुवेदी, सकुन्तला पंगेनी, राष्ट्रिय अपाङ्ग महासंघ गण्डकीका अध्यक्ष खोमराज शर्मा थिए । नेपाल दृष्टिविहिन कल्याण संघ र नेपाल नेत्रहिन संघको स्थापना पछि नेपालमा ब्रेल दिवस मनाउनथालिएको हो ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.