आज बिहिबार बिहान तनहुँमा बस दुर्घटना भएका छ । विरगञ्जबाट पोखरा आउदै गरेको बाग्मती प्रदेश ०३–००१ ख १२०६ नम्बरको यात्रुवहाक बस अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणले बताए । उनका अनुसार बस सडकबाट अन्दाजी ५६ फिट तल खसेको छ ।
बस दुर्घटना हुँदा ३२ यात्रु घाइते घाइतेमध्ये २९ जनाको तनहुँकै बेलचौतारामा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको छ । २ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र १ जनालाई मणिपाल शिक्षण अस्पतालमा थप उपचारका लागि रिफर गरिएको खाँणले जानकारी दिए ।
घाइतेमध्य १ जनाको अवस्था गम्भिर रहेको उनले बताए । १७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको छ । घाइते अधिकांश पोखराका छन् ।