• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


  •    अभियान हाम्रो / बिहिबार, पुष १९, २०८०  

  • पोखरा

    पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यमिक विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार विविध साँस्कृतिक कार्यक्रम, विज्ञान प्रदर्शनी, पि.टी. प्रदर्शन र पुरस्कार वितरण लगाएतका कार्यक्रम सहित विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।

    वार्षिकोत्सव समारोहको विद्यालय प्रमुख आमन्त्रित व्यक्तित्व पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले कार्यक्रमको समुद्घाटन गरेका थिए । उनले विद्यालयले कास्की जिल्ला मै शैक्षिक क्षेत्रको विकासमा अग्रणी भुमिका खेलेको वताउँदै आगामि दिनहरुमा पनि उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

    सो अवसरमा विशेष अतिथि पोखरा १७ का वडा अध्यक्ष राधिका शाह्ी योगी, सल्लाहकार तिर्थराज अधिकारी, सम्मानित व्यक्ति झपिन्द्रराज रेग्मी, अभिभावकहरु श्रीराम सुवेदी, देवराज आचार्य, समाजसेवी ऋषभलाल तिमिला, विद्यार्थीहरु विवेक पौडेल र श्रेया लामिछाने शुभकामना मन्तव्य राखेका थिए ।

    विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रतिवेदन र लेखा अधिकृत छविलाल पनेरुले विद्यालयको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    विद्यालयलाई सहयोग गर्ने पूर्व केन्द्रीय अध्यक्ष नेपाल प्राध्यापक संघ प्रा.डा.भूपति ढकाल ’कमल’, अधिवक्ता सुकदेव गौतम, विव्यस सदस्य बावुराम लामिछाने, पूर्व वि.व्य.स.अध्यक्ष झपिन्द्रराज रेग्मी र पूर्व शि.अ.संघ अध्यक्ष रविलाल शर्मालाई सम्मान गरिएको थियो ।

    त्यसैगरी डम्बरसिहं÷सेतु स्मृतिका प्रथम प्र.अ. क्षेत्रबहादुर कँुवर, पं. पुण्यप्रसाद स्मृतिका खेमराज बराल (स.प्र.अ) र नारायण प्रसाद बराल (पूर्व विद्यार्थी), तुलसी स्मृतिका माधव बराल (पूर्व विद्यार्थी), लिलाधर स्मृतिका मायादेवी बराल र रमेश बराल, जनआन्दोलन पुरस्कारका गोविन्द्र गिरीलाई अक्षयकोष स्थापना गरेकोमा सम्मान पत्र, दोसल्ला द्धारा सम्मानित गरिएको थियो ।

    त्यस्तै २५ वर्ष शिक्षण गर्ने खेमराज बराललाई दीर्घ सेवा पदक सम्मान र विद्यालयका तर्फबाट विभिन्न खेलमा सहभागी भई पुरस्कार ल्याउन सफल खेलाडीहरु नारायणी भण्डारी र तेन्जिङ रोकालाई सम्मान गरिएको थियो ।

    सो अवसरमा सत्प्रतिशत विद्यार्थी उत्तिर्ण गराउने शिक्षकहरु दिव्यश्वरी रेग्मी, गणेश प्रसाद तिमिल्सिना, लेखनाथ, टिका पौडेल, रेखा थापा, रोहित बराल, इन्द्र दहाल, गिरिधारी पोखरेल, ठाकुर प्रसाद पोख्रेल र उत्कृष्ट शिक्षक तथा कर्मचारीहरु झरिमाया ढुंगाना, विद्या नेपाली, सीता शर्मा बराल, रमा वाग्ले, रेखा थापा, लिलानाथ आचार्य, इन्द्रप्रसाद दहाल, दिपक सुबेदी, माधव भट्टराइ, रोशन प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

    त्यसै गरी पुनःस्थापना भएपछि पहिलो पटक भू.पू. विद्यार्थी मञ्चबाट दिएको जेहेन्दार अनुशासन पुरस्कार कक्षा ११ की ज्योति तामाङलाई प्रदान गरिएको थियो ।

    सोही अवसरमा विद्यालयको वार्षिक मुखपत्र ज्योत्स्ना अंक ३ लोकार्पण गरिएको थियो । विद्यार्थीहरुले विद्यालय प्राङ्गणमा विभिन्न विज्ञान तथा प्रविधिको प्रदर्शनी गर्नुका साथै नृत्य, नाटक लगायतका साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले स्वागत, शैक्षिक पुरस्कार संचालन लिलाप्रसाद पराजुली, खेलकुद पुरस्कार संचालन टिकाप्रसाद पौडल, अनुशासन÷हाजिरी पुरस्कार संचालन दिव्यश्वरी रेग्मी र छात्रवृत्ति पुरस्कार युवराज सृवेदीबाट भएको कायक्रमको  संयोजन सहायक प्रधानाध्यापक खेमराज÷मेघनाथ पौडेलले गरेका थिए भने शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले धन्यवाद ज्ञापन गरेका थिए ।

    विद्यालयको वार्षिकोत्सवको पुर्वसन्ध्यामा युवा रेडक्रस सर्कलले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन कार्य भएको सर्कलका सभापति सुशान्त सुवेदी र शिक्षक नायक युवराज सुवेदीले वताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.