• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रियसभामा एमालेलाई के गर्ने ? कांग्रेस–माओवादी

" राष्ट्रियसभामा एमालेलाई के गर्ने ? कांग्रेस–माओवादी  "

  •    अभियान हाम्रो डट कम / बुधबार, पुष १८, २०८०  

  • प्रमुख तीन दलका शीर्ष नेताहरुबीच पछिल्ला दिनमा भेटवार्ता बाक्लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली निरन्तर सम्वादमा छन् ।

    शीर्ष नेताहरुले आफूहरुबीच भएको छलफल शान्ति प्रक्रियाका बाँकी विषय कसरी टुंग्याउने भनेर केन्द्रित भएको बताएका छन् ।

    तर तीन नेताको सम्वाद यतिमा मात्र सीमित छैन । पछिल्लो भेटहरुमा राष्ट्रिय सभाको आसन्न निर्वाचनका विषयमा पनि छलफल भएको नेताहरु बताउँछन् । छलफलहरुमा प्रमुख प्रतिपक्षी एमाले नेताहरुले मिलेर जाने होइन भन्ने प्रश्न गरेका छन् । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा पनि त्यसमा धेरै नकारात्मक छैनन् ।

    सत्ता गठबन्धनले मिलेर चुनाव लड्दा ११ माघमा हुने राष्ट्रियसभाको १९ वटै सिटमा एमाले शून्य हुनसक्ने अवस्था छ । यसपछि ५९ सदस्यीय राष्ट्रियसभामा एमाले ९ सांसदमा खुम्चिन्छ ।

    तर प्रधानमन्त्री प्रचण्ड एमालेलाई धेरै पर धकेल्ने पक्षमा छैनन् । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन साथ खोजेका उनी एमालेलाई समेटेर जान सकारात्मक छन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकबारे गत हप्ता भएको छलफलमा उनले सबै विषयमा सहमति गरेर अघि बढ्न आफू तयार रहेको बताएका थिए ।

    नेताहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले एमालेलाई साथ लिएर जाऊँ भन्दा कांगेस सभापति देउवाले नाइ भन्ने अवस्था छैन । किनकी उनी प्रचण्डलाई चिढ्याउन चाहन्नन् ।

    त्यसैले कांग्रेस र माओवादीको शीर्ष तहमा राष्ट्रियसभामा एमालेलाई भाग दिने कि नदिने भनेर छलफल सुरुवात भएको स्रोतको दाबी छ । त्यही कारण सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रियसभाको सिट बाँडफाँट हुन सकेको छैन ।

    मंगलबार कांग्रेस र माओवादीका दुबै दलका शीर्ष नेताहरुबीच राष्ट्रियसभा निर्वाचनबारे नै छलफल भएको थियो । तर सिट बाँडफाटँबारे कुनै निर्णय भएन ।

    बैठकमा राष्ट्रियसभामा रिक्त हुन लागेका सिट र प्रदेशअनुुसार दलहरुको मतभारबारे छलफल भयो र अरु दलहरुलाई कसरी समेट्ने भनेर थप छलफल गर्ने समझदारी गरेर नेताहरु उठेका छन् । ‘सत्ता गठबन्धनमा आवद्ध चार दलबाहेक अरु दल मात्र होइन, एमालेलाई के गर्ने भन्ने पनि छलफलको एजेण्डा छ’, स्रोतले भन्यो ।

    यसबारे शीर्ष नेताहरुले थप छलफल गरेपछि मात्र सिट बाँडफाँट हुने एक नेताले बताए ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवाली भने केही सांसदका लागि सत्तासँग मोलतोल नगर्ने बताउँछन् । एमालेले राष्ट्रियसभामा मिलेर जानुपर्छ भनेर कुनै प्रस्ताव नराखेको भन्दै उनले अनलाइनखबरसँग भने, ‘हामीले कुनै आग्रह गरेका छैनौं, गर्दैनौं पनि ।’ जबजब कांग्रेससँग केही मिल्दैन, त्यो बेला माओवादी केन्द्रका नेताहरुले यस्ता गलत प्रचार गर्ने गरेको उनको आरोप छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.