१६ पुस २०८०, पोखरा
पैयुँखोला तमु समाज पोखरामा आइतबार पुस १५ गते तमुहरुको महान पर्व मुब्र्हु ल्होसार स्योकैं कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष कुमार च्हम्रु तमुको अध्यक्षतामा ज्येष्ठ नागरिक तथा विद्यार्थी सम्मान र साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको हो ।
यसैबीच समाजका संस्थापक सदस्य ठाकुर च्हार्ला तमु र उहाँको धर्मपत्नी विष्णु च्हम्रु तमुले समाजमा रु. २,००,५००/- (अक्षरुपी दुई लाख पाँच सय रुपैयाँको मिर्गौला पीडित (दीर्घ रोगी) हरुको लागि “ठाकुर विष्णु” अक्षयकोष स्थापना गरेको छ । यस अघि समाजकै साँस्कृतिक संरक्षक बलराम सरब्जा तमु, सु. दुर्गा बहादुर सरब्जा तमु, किसान सरब्जा तमु र इन्द्र कुमारी सरब्जा तमुले आफ्नो स्वर्गीय बाबा आमाको स्मृतिमा हरेक वर्ष विद्यार्थी सम्मानका लागि भनेर रु.१,११,१११/- (अक्षरुपी एक लाख एघार हजार एक सय एघार रुपैयाँ) को “मन धन” अक्षयकोष स्थापना गरेको छ ।
यसैगरी ल्होसारकै अवसर पारेर समाजलाई लाहुरे दान पनि प्राप्त भएको छ । जसमा बेलायतदेखी घर विदामा आएका पोखरा-१४ काजीपोखरी बस्ने हेमन्त चाहर्ल तमुबाट रु. ४०,५००/- रुपैयाँ र अमेरिकाबाट घर विदामा आएका पोखरा-१४ छिनडाँडा बस्ने प्रेम प्रसाद क्रोम्छें तमुबाट रु. २०,१०५/- रुपैयाँ लाहुरे दान प्राप्त भएको छ । यसैगरी अक्षयकोष दाता ठाकुर प्रसाद च्हार्ला तमु र विष्णु च्हम्रु तमु (दम्पती) को ५० औं वर्षगाँठ पुगेको अवसरमा समाजले सम्मान गरेका थिए ।
यसैगरी २०४८ सालमा निर्माण गर्दिएको समाजको गोदाम कोठाका सौजन्य दाताहरु तत्कालीन प्रधानपन्च दल बहादुर योज तमु, समाजका पूर्व अध्यक्ष WO1 खुम बहादुर योज तमु र समाजकै पूर्व अध्यक्ष ले.मोतिराम योज तमुलाई पनि सम्मान गरेका थिए । यसैगरी समाजका ज्येष्ठ नागरिकहरूलाई दोसल्ला र क्रमुद्वारा र एसईई देखि ग्र्याजुएसन गरेका विद्यार्थी बाबुनानीहरुलाई “मन धन” अक्षयकोषबाट सम्मान गरेका थिए ।








