• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ २९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

ने क पा (एमाले) गण्डकी प्रदेशको पहिलो बैठक अहिलेको सरकारको कार्यशैलीले देश बर्बादी उन्मुख – एमाले उप महासचिब गुरुङ पोखरा


  •    संवाददाता/ शुक्रबार, पुष १३, २०८०  

  • पोखरा ,पुस १३

    ने क पा एमाले गण्डकी प्रदेशको पहिलो बैठक शुक्रबार पोखरामा सम्पन्न भएको छ ।

    बैठकलाई सम्बोधन गर्दै ने क पा एमाले उपमहासचिब पृथ्वी सुब्बा गुरुङले पार्टी काम ब्यबस्थित बनाउन उत्कृष्ट कार्ययोजना सहित अगाडि बढ्न आग्रह गर्दै उत्कृष्ट पार्टी निर्माणमा प्रभाबकारिताका साथ लाग्न आग्रह गर्नु भयो। उप महासचिब गुरुङले समृद्धिको मोडलमा देशलाई एमालेले मात्रै हिडाउन सक्ने कुरा बर्तमान सरकारका कार्यशैलीले प्रमाणित गरेको उल्लेख गर्नुभयो ।

    देशलाई बर्तमान सरकारले बिगतको एक बर्षमा कुनै उल्लेख्य काम गर्न नसक्दा देशमा निराशा बढ्दै गएको भन्दै देश नै बर्बादीतिर उन्मुख गराएको जिकिर गर्नुभयो
    उहाँले आम जनताको चाहना र इच्छा बुझेर काम गर्न आग्रह गर्नुभयो ।

    एमाले सचिब तथा गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण बिष्टले कार्यकर्ता र सबै नेताहरू सुढृड पार्टी निर्माणमा हर तरहले लाग्न आग्रह गर्दै सबल र सक्षम कार्यकर्ता निर्माण मार्फत सुखी नेपाली समृद्ध नेपालको अभियान पूरा हुने जिकिर गर्नुभयो ।
    बिष्टले हर पार्टी कमिटीहरू चलायमान बनाउदै पार्टीको समय सापेक्ष नयाँ उचाइ निर्माणमा लाग्न आग्रह गर्नुभयो ।

    बैठकमा सो पार्टीका स्थायी कमिटी सदस्य खगराज अधिकारीले मिसन ८४ को अभिष्ट पूरा गर्न सम्पूर्ण पार्टी कमिटी र सदस्यहरू एकमाना एकता सहित कटिबद्धताका साथ लागि पर्न आग्रह गर्नुभयो। अधिकारिले लोकतान्त्रिक गणतन्त्रको कुनै बिकल्प नभएको भन्दै अनेकन अफबाहलाई चिर्दै जनताको बिचमा जानू पर्ने उल्लेख गर्नुभयो ।

    बैठकले पार्टी कमिटिका सदस्यहरूको कार्य बिभाजन गरेको छ ।जस अनुसार गण्डकी प्रदेशका जिल्ला ,पालिका , जनबर्गिय संगठन सहित विभिन्न बिभागिय जिम्मेवारी तोकेको सचिब धनन्जय दवाडी जानकारी दिनुभयो।

    ने क पा एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.