• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आज खाना दिन्छेस कि भोकै अफिस जाउ? श्रीमान् ज्युको आवाज

"आज खाना दिन्छेस कि भोकै अफिस जाउ? श्रीमान् ज्युको आवाज  "

  •    अभियान हाम्रो डट कम / शुक्रबार, पुष १३, २०८०  

  • सन्तोष कार्की  मौसुफ
                आज खाना दिन्छेस कि भोकै अफिस जाउ? बिहानभर के गरेर बस्छेस.. बिहानको खाना पनि सहि समयमा दिन सक्दिनस तैंले.. देवराज ले हरेक ससानो कुरामा इन्दिरा सँग झर्किन्थ्यो।
                एकैछिन पख्नुहोस न दाल झान्दै छु..कराइमा तरकारी हाल्ने क्रममा तातो तेल  उछुट्टिएर इन्दिराको औंला पोलेको थियो। इन्दिरा ले एकैछिन पख्नुहोस न भन्ने बित्तिकै देवराज ले उनलाई कराउन थाल्यो। तेरो नाटक कहिल्यै नसकिने भयो, कहिले हातखुट्टा दुख्ने, कहिले टाउको दुख्ने, कहिले पेट दुख्ने, केही न केही भैरहन्छ तँलाई। आज हात पोलिस.. राम्रोसँग काम गर्न आउदैन तँलाई? तँ यो घरमा आएकी पनि १० बर्ष भैसक्यो, आजसम्म एउटा काम राम्रोसँग गरेकी छेस तैंले.. गरेकी छेस भने भन? देवराज को यति धेरै रिस देखेर आज इन्दिरा लाई पनि रिस उठ्यो, उनले पनि ठूलो सोरमा रिसाउँदै भनिन: धेरै रिसाउनु पर्दैन, मेरो हातमा तातो तेल उछिट्टिएर पर्यो मलाई नै पोल्यो मलाई नै दुख्यो.. मैले जानीजानी तातो तेलमा हात हालेकी हैन।
          तपाईंको र तपाईंको छोराछोरीको ख्याल मैले नै राख्नुपर्छ र राख्दै आएकी पनि छु, तपाईंले कहिले मेरो हालखबर सोध्ने कोशिश गर्नुभयो, तपाईंले त राजाले जसरी हुकुम गर्नुहुन्छ? हरेक काम तपाइँलाई समयमै चाहिन्छ, कहिले तपाईंले मलाई सोध्नुभयो तँलाई किन दुखिरहेछ भनेर? आज पनि हात पोलेपछी कसरी हात पोल्यो भनेर तपाईंले सोध्नुभएन। उल्टै मसँग रिसाउँनुहुन्छ, म पनि मान्छे हुँ मलाई पनि दु:ख पीडा हुन्छ। र शारीरिक दुखाइ भन्दा मलाई तपाईंले दिएको मानसिक दु:खले बढी पीडा हुन्छ। कसैलाई पनि बिरामी हुँने इच्छा हुँदैन। यसो भन्दै इन्दिरा त्यहाँबाट रुँदै भान्साकोठामा गइन..
    इन्दिरा को कुरा सुनेपछि देवराज लाई सोच्न बाध्य बनायो.. के उसको बोली पिच्छे रिसाउनु जायज हो।
           जब देवराज पीडामा हुन्थ्यो इन्दिरा नै उसको पिडामा मलम बन्थिन, तर मैले किन यो कुरा सम्झन सकिन। मैले कहिले पनि उनको दुख जान्ने कोशिश गरिन जहिले पनि उनले छिटो काम गरिन केही न केहीको बहाना बनाउने कारण खोज्छु या उनलाई गिराउने कोशिश गर्छु। यदि दुर्गा मेरो जीवनमा हुदिन थिइ भने मेरो के हुन्थ्यो होला? होइन-होइन म अहिले नै गएर इन्दिरा लाई मनाउँछु र उसँग माफी माग्छु।
                       (   सन्तोष कार्की  मौसुफ  फेसबुक वाल बाट साभार )
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.