पोखरामा श्रीमती हत्याको आरोपमा एक जना पक्राउ परेका छन् । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पोखरा म्याग्दी जिल्ला धौलागिरी–७ ताकम घर भई हाल पोखरा–२९ नौबिसे बस्ने ३६ वर्षिय रत्नबहादुर घर्ती पक्राउ परेका हुन् ।
घर्तीले आफ्नै श्रीमती रेखा घर्तिको तोरी बारीको कान्लामा घाँटी थिचेर हत्या गरेको आरोप छ । आरोपित घर्तीलाई ईलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको टोलीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।








