तमु हे तमु समाज काठमाण्डौको २१ औं साधारणसभा तथा पाँचौ अधिवेशन संस्थाका अध्यक्ष याम गुरुङको अध्यक्षतामा र नेपाल सरकारका न्याय कानुन तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय कार्यालय मित्रनगर काठमाण्डौमा सम्पन्न भएको छ ।
साधारणसभा तथा अधिवेशन कार्यक्रममा संस्थापक सल्लाहकार हिम गुरुङ गुरुङ ,सल्लाहकार एवम् नेपाल सरकारका पुर्व उपसचिव खडक बहादुर गुरुङ , सल्लाहकार कुम्भसिंह गुरुङ र पुर्व अध्यक्ष एवम् सल्लाहकार ई.गंगा गुरुङको बिशेष आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रम असन ग्रहण संगै साधारणसभा तथा अधिवेशनका अध्यक्ष याम बहादुर गुरुङ र बिशेष अतिथि संस्थाका सल्लाहकार हिम बहादुर गुरुङले दीप प्रज्ज्वलन गरि कार्यक्रम समुद्गाटन गरेका थियो।
कार्यक्रममा स्वागत मन्तव्य संस्थाका आमा समुहका अध्यक्ष आश माया गुरुङले राखेका थिए भने सल्लाहकार कुम्भ सिंह गुरुङ र सल्लाहकार हिम गुरुङले मन्तव्य राखेको थियो । कार्यक्रम संस्थाका सचिव संगीता गुरुङले संचालन गरेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष याम गुरुङले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण गुरुङले प्रस्तुत गरेको थियो ।
अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन माथि छलफल पश्चात् प्रस्तुत वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास भए संगै पुरानो कार्यसमिति भंगभएको घोषण गर्दै निर्वाचन समितिका संयोजक प्राध्यापक मन बहादुर गुरुङ लाई हस्तान्तरण गरेको थियो।निर्वाचन समितिमा संस्थाको मंसिर ३० गते बसेको बैठकले प्राध्यापक मन बहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो ।
सदस्यहरुमा पदम बहादुर गुरुङ र लिल माया गुरुङ रहेको थियो। संयोजक मन बहादुर गुरुङ ,सदस्यहरु पदम बहादुर गुरुङ र लिल माया गुरुङको निर्वाचन समितिले टीका सिंह गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा टीका सिंह गुरुङ, उपाध्यक्षमा दुर्गा गुरुङ ,सचिवमा संगीता गुरुङ लाई चयन गरेको छ। त्यसैगरी कोषाध्यक्षमा जौ बहादुर गुरुङ,सह-सचिवमा यमुना देवी गुरुङ रहेको छ भने सदस्यहरुमा बेल बहादुर गुरुङ ,मिलन गुरुङ, आश माया गुरुङ ,शान्ति गुरुङ ,बिमल गुरुङ ,मिना कुमारी गुरुङ ,दल बहादुर गुरुङ , तारा बहादुर गुरुङ ,दिलिप कुमार गुरुङ र खिम बहादुर गुरुङ लाई चयन गरेको छ। त्यसैगरी आमा समुहको अध्यक्षमा आश माया गुरुङ,उपाध्यक्षमा शान्ति देवी गुरुङ ,सचिवमा यमुना देवी गुरुङ र कोषाध्यक्षमा लिल माया गुरुङ चयन भएका छ्न भने सदस्यहरुमा धनसुवा गुरुङ,सीता गुरुङ ,आशा कुमारी गुरुङ , इन्द्र माया गुरुङ ,धनमाया गुरुङ, पवित्रा गुरुङ , यन माया गुरुङ ,बिष्णु माया गुरुङ ,माया गुरुङ , मिना कुमारी गुरुङ र सीता गुरुङ चयन लाई गरेको छ।
निर्वाचित नयाँ कार्यसमिति लाई निर्वाचन समितिका संयोजक प्राध्यापक मन बहादुर गुरुङले ओहोदाको प्रमाणपत्र प्रदान गरि सपथ ग्रहण गराउदै निर्वाचित नयाँ कार्यसमिति लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । उक्त साधारणसभामा संस्थाले स्मारिका छैठौं अंकको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका कानुन ,न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले विमोचन गरेको थियो ।त्यसैगरी संस्थाले विभिन्न तहमा उतिर्ण गरेका बिद्यार्थीहरु लाई सम्मानपत्र,स्योंकै कार्यक्रममा आर्थिक सहयोग गर्ने महानुभाव लाई मायाको चिनो र संस्था लाई आर्थिक सहयोग गर्ने महानुभावहरु लाई सम्मानपत्र सहित मायाको चिनो प्रदान गरेको थियो भने दशैको अवसर पारेर घटस्थापना दिन सुर्यदर्शन व्याटमिन्टन एकेडेमीमा आयोजना गरेको समाज स्तरीय चौथो पुरुष तथा महिला व्याटमिन्टन प्रतियोगितामा बिजेता बनेका खेलाडीहरु लाई सम्मानपत्र सहित ट्रफी प्रदान गरेको थियो ।
पुरुष डबल सुपर भेट्रान्समा विजेता रुद्र बहादुर गुरूङ्ग र गंगा बहादुर गुरूङ्ग,उप बिजेतामा दुर्गा बहादुर गुरूङ्ग र हिम बहादुर गुरूङ्ग,खुल्ला पुरुष डबल ‘क ‘विजेतामा बेल बहादुर गुरूङ्ग र नन्दु गुरुङ्ग,उपविजेतामा दुर्गा बहादुर गुरूङ्ग र सूर्य गुरुङ्ग,खुल्ला पुरुष डबल ‘ख’ विजेतामा विमल गुरुङ्ग र सिक्षण गुरुङ्ग,उपविजेतामा जिवन गुरुङ्ग र तारा बहादुर गुरूङ्ग,महिला डबल विजेतामा मिना कुमारी गुरुङ्ग र धनु माया गुरुङ्ग,उपपविजेतामा संगीता गुरुङ्ग र दर्शना गुरुङ्ग रहेको छ।









प्रतिकृया दिनुहोस