• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बाह्रौँ संस्करणको पोखरा महोत्सव आगामी पुष २६ देखि माघ ८ सम्म हुने


  •    संवाददाता/ आइतबार, पुष ०८, २०८०  

  • पोखरा

    बाह्रौँ संस्करणको पोखरा महोत्सव आगामी पुष २६ देखि माघ ८ सम्म हुने भएको छ । आयोजक यूनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २६ देखि माघको ८ गते सम्म पोखरा महोत्सव हुने जानकारी दिएको हो । “युवाको जाँंगर राष्ट्र निर्माणको आधार”  भन्ने मुल नाराका साथ २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको छ ।

     क्लवले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखानाको अवधारणा र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाह्रौँ पोखरा महोत्सवबाट लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लागी समेत रकम छुट्याइने छ ।

    क्लबले पोखरा महोत्सवको आयोजना गरी हालसम्म पोखरा आसपासमा रहेका १८ वटा सामुदायिक विद्यालयहरुमा छात्रबृत्ति अक्षयकोष स्थापाना एवं शैक्षिक सामाग्रीहरु वितरण ग्रामिण क्षेत्रहरुमा निशुल्क स्वास्थ्य शिविर संगै दीर्घ तथा ठूला रोग लागेका गरिब तथा अशक्त ब्याक्तिहरुलाइए आर्थिक सहयोग गर्दै आइरहको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

     त्यसैगरी क्लबले आफै खेलकुद आयोजना गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगिताहरुमा प्रायोजक, सहयोगी संस्था तथा प्रवद्र्धक भइ काम गर्दै आइरहेको र पर्यटन प्रवद्र्धन तर्फ पोखरामा खुल्ला चिडियाखाना निर्माणको अवधारणा लिइ पोखराको लेखनाथमा निर्माणाधिन पोखरा जुलोजिकल पार्कमा हाल सम्म ५८ लाख ८५ हजार रुपैयाँ हस्तान्तरण गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    श्रेष्ठका अनुसार पोखरा जुलोजिकल पार्क अहिले गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशको गौरवको योजना अन्तर्गत जिल्ला डिभिजन वन कार्यालय मार्फत निर्माणको काम अगाडी वढिरहेकाले एघारौँ पोखरा महोत्सवबाट क्लबले उक्त क्षेत्रमा रकम हस्तान्तरण गर्न छाडेको हो । क्लवले विपद ब्यवस्थापन कोष अन्तर्गत  कैलाली जिल्ला हावाहुरी पडित, कोभिड १९ माहमारीको बेला गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, पो.म.न.पा.वडा १० र १२, उदयपूर जिल्ला गढी गाउँपालिकाका हावाहुरी पिडितलाई आर्थिक सहयोग र हालसालै पश्चिम रुकुम जाजरकोटका भूकम्प प्रभावितहरुलाई न्यानो कपडा वितरण गरिएको समेत श्रेष्ठले जानकारी दिए ।

    महोत्सवको आम्दानीबाट बचत हुने रकमबाट सेती नदी संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र क्लबको आफ्नै जग्गा रहेको पोखरा २६ अर्चलेमा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लागी हरेक क्षेत्रमा १५ प्रतिशत रकम छुट्याइने भएको छ ।

    बाह्रौँ संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेटर होम एपलाएन्सेस, प्रायोजकहरुमा योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, टिकट प्रयोजकमा सिटिजन फर्निचर टे«ड लिङ्क प्रा.ली., प्रवेश पास प्रयोजकमा सिद्धी अटो पार्टस् एण्ड मोटरसाईकल वर्कसप, अफिसियल इन्स्योरेन्समा आइ.जी.आइ प्रुडेन्सियल इन्स्योरेन्स, हस्पिटालिटी पार्टनरमा होटल टाक्स इन्टरनेशनल रहेको छ भने विशेष सहयोगी संस्थामा गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन वोर्ड, पोखरा महानगरपालिका र अमरसिंह मा.वि रहेको छ । मिडिया पार्टनरहरुमा ए.बी.सी. न्युज टेलिभिजन, फेवा टेलिभिजन रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले बताए ।

    महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा (बृद्धभत्ता कार्ड) एकल महिला, विदेशी पर्यटक, पत्रकार, ५ वर्ष मुनिका बालबालिका र सुरक्षाकर्मी (पोषाक सहित) हरुलाइ निशुल्क प्रवेश गराइने छ । १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ३० देखी २ सय ५०  स्टल रहने र आइतबारदेखी स्टल बुकिङ खुल्ला गरिएको छ । महोत्सवमा २ देखी २ लाख ५० हजार दर्शकको अनुमान गरिएको छ । महोत्सवबाट १ करोड १७ लाख ५० हजार आम्दानी र १ करोड १७ लाख ५० हजार खर्च भई ३४ लाख २५ हजार बचत हुने अनुमान गरिएको छ ।

    महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पु¥याउनेु, विकसित सुचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पु¥याउने, गण्डकी प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरुको बजार सहजीकरण गराउने, सवै कलाकारहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने, आर्थिक चलायमान गराई रोजगार सिर्जना गराउने, क्षेत्रगत बिकासमा टेवा पु¥याउने र उद्योगको प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ ।

    महोत्सवमा विभिन्न जाति, जनजातिका कला संस्कृतिको प्रदर्शनी, औधोगिक उत्पादनको प्रदर्शनी एवं बिक्री, हस्तकला सामानहरुको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधीहरुको प्रदर्शनी एवं जानकारी, ब्यवसायीक संघ संस्थाहरुको सेवा बारे जानकारी, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मुल्यमा बिक्री वितरण , पर्यटन प्रवद्र्धनका सामाग्रीहरुको प्रदर्शनी एवं जानकारी, पोखरा लगायत विभिन्न पर्यटकीय स्थलहरुको जानकारी, सामाजिक संस्थाहरुको परिचय एवं जानकारी, नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुती संगै कृषिका गतिविधीहरु सञ्चालन हुनेछन ।

    महोत्सवको आकर्षणमा लोकदोहोरी तर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रिति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्ति श्री परियार, श्याम राना, समिक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार, लगायत स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछभने कन्सर्ट तर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्स संगै  लोकल ब्याण्डहरुको प्रस्तुती रहने छ ।

    त्यसैगरी हांस्य ब्यङ्ग्य प्रस्तुती, नेपाली संस्कृति झल्कने प्रस्तुती,  बाल उद्यान, विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता, झांकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु रहनेछन । महोत्सवमा पर्यटकीय स्थलको जानकारी दिने स्टललाई निशुल्क प्रदान गरिएको छ ।

    पत्रकार सम्मेलनको सञ्चालन क्लवका महासचिव दिनेश सुनारले गरेका थिए भने कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तव्य राखेका थिए भने नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी लगायतले महोत्सवको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.